बुधबार, भाद्र ३ गते २०८३

पानीकाे बिकराल संकट र पछुताउनु पर्ने परिस्थिति

कार्तिक १८, २०७८ बिहीबार
पानीकाे बिकराल संकट र पछुताउनु पर्ने परिस्थिति

उहिल्यैका हाम्रा ढुंगेधारा

piunepani.jpg

लोकनारायण सुवेदी

आज सम्पूर्ण बिश्वनै पानीको संकटसँग जुधिरहेकोछ । संयुक्त राष्ट्र संघका अनुसार जीवनको यो सबैभन्दा अपरिहार्य आवश्यकतालाई पूरा गर्नका लागि यदि चाँडै नै उपयुक्त किसिमले भगीरथ प्रयत्न गरिएन भने आउदो समयमा स्थिति अझ बिषम र बिकराल हुन जानेछ र मानिसले थोपा थोपा पानीको लागि पनि तड्पिने र पछुताउनु पर्ने स्थिति बन्ने छ । यसको सबैभन्दा प्रमुख कारण सीमित पानी र दिनानु दिन बढ्दो जनसंख्या हो, जसले पानीको संकट बढाउनमा अहम भूमिका निभाइरहेको छ । बिश्वको पानीको स्थितिमाथि दृष्टि दिने हो भने यो कुरा एकदमै स्पष्ट हुन्छ कि पृथ्वीको सतहमा ७० प्रतिशत पानी छ जसको ९७.५ पानी नुनिलो छ । अढाई प्रतिशत बाँकी रहेकाे  शुद्ध पानी पनि ६८.७ प्रतिशत बर्फकाे रुपमा ३० प्रतिशत भूमिगत जल र केवल ०.३ प्रतिशत मात्र पृथ्बीकाे सतहमा रहेको छ । सतहको पानीे पनि ८७ प्रतिशत तालहरुमा र दुइ प्रतिशत जति मात्र नदीहरुमा रहेको बिज्ञहरूकाे अनुसन्धानबाट प्रष्ट हुन्छ । अझ सोचनीय समस्या त के कुराको छ भने यी सबै कुरा जान्दाजान्दै पनि हामीले यस अमूल्य जीवनदायिनी प्राकृतिक सम्पदालाई उचित कदर गर्न सकिरहेका या सिकिरहेका छैनौं ।

panikosamasya.jfif

डुबान र कटानले ठूलाे नाेक्सानि

निकै पहिला जतिबेला  संयुक्त राष्ट्रका महासचिव बान की मूलन थिए, उनलले यसका बारेमा चेतावनी दिदै के भनेका थिए भने मौजूदा समयमा बिश्वका बिभिन्न भागमा पनीको अत्यन्तै ठूलो समस्या छ । यदि अहिले भइरहेको पानीको बढ्दो दुरुपयोग या बर्बादीलाई रोकिएन भने स्थिति अत्यन्तै भयाबह हुनजानेछ । आउदो २०५० सम्ममा बिश्वको जनसंख्या आजको ७ अर्बबाट बढेर नौ अर्ब पुग्न जाने बिज्ञहरुको अनुमान छ । पानी, भोजन आदिको माग र जलवायु परिवर्तनको समस्या दिनानुदिन अझ बढ्दै नै जानेछ । माग बढ्दा आउदा केही बर्षमै बिश्वका कतिपय भागमा पानीको संकट अझ गहिरो हुनेछ । त्यतिबेला बिभिन्न देशहरुले आफ्नो आर्थिक र राजनीतिक लाभको लागि पानीको उपयोग गर्न हिच्किचाउने छैनन् । यस कारणले गर्दा राजनीतिक तथा सामाजिक अस्थिरता र क्षेत्रीय तनाव बढ्न जाने खतरा पनि त्यत्तिकै छ । यस सम्वन्धमा बिशेषज्ञहरुले के चेतावनी दिइसकेका छन् भने दक्षिण एशियामा ब्रह्मपुत्र नदी क्षेत्र पानीकाे लागि सम्भावित ठूलाे जोखिमयुक्त क्षेत्र हुन जानेछ ।

jalsankat.jpg

पानीकाे थाेपा थाेपाका लागि तड्पिने स्थिति

पानीको कारणले आउने समयमा थप बिभिन्न चुनौतिहरु मुख बाहेर खडा हुनेछन् । गरीब तप्कालाई सफा र सुरक्षित पिउने पानी, सर–सफाईको सुविधा उपलब्ध गराउने, बिश्व जन संख्यालाई आवश्यक खाद्यान्न उपलब्ध गराउने जस्ता समस्याका अतिरिक्त बिश्वब्यापी बढ्दाे गर्मीको दुष्प्रभावको सामना गर्नु पर्ने डरलाग्दो स्थिति उत्पन्न हुनेछ । यो सत्य हो कि कृषिको बढ्दो आवश्यकता, खाद्यान्न उत्पादन, ऊर्जा उपभोग, प्रदुषण र जल ब्यबस्थानका कमजोरीहरुका कारणबाट स्वच्छ पानीको आपूर्तिमाथि अहिले नै ठूला दबाव बढिरहेको छ । यति मात्रै पनि होइन, बितेका ५० बर्षमा पृथ्वीको सतहभित्रबाट तानिएको पानीको मात्रा पनि तीन गुणाले बढिसकेको बिज्ञहरुले औंल्याएका छन् । कुनै राम्रो योजना र उपयुक्त संयोजनको अभावले गर्दा लाखौ लाख मानिसहरु भोकमरी, बिमारी र ऊर्जाको कमीले अत्यन्तै ठूलो गरीबीसँग जुध्नु पर्ने हुन्छ । जहाँसम्म एशिया प्रायद्विपको कुरा छ बिश्वको ६० प्रतिशत जनसंख्या यही क्षेत्रमा रहन्छ । तर यस इलाकामा बिश्व जल सम्पदाको एक तिहाई हिस्सा मात्र रहेको छ । बिश्वका दुइ सबैभन्दा बढी जनसंख्या भएका देशहरु चीन र भारतको मात्रै जनसंख्या पाैने तीन अर्ब जति पुगिसकेको छ । यत्रो ठूलो जनसंख्यामाथि अझ थप बढेको बिश्व जसंख्याका लागि २०५० सम्ममा कति पानी खपत हुन्छ सहजै अनुमान गर्न सकिन्छ ।

paniboknenani.jpg

पानी बाेक्ने साना नानीहरू

भबिष्यमा पानीको माग र आपूर्तिको यो भयावह तथा भीषण अन्तरलाई पाट्न सहज नहुने प्रष्टै छ । आजको बिश्वका लागि यो कम ठूलो चुनौति होइन । हुन पनि  बिश्वमा आज आवासीय, औद्योगिक तथा कृषि क्षत्रमा भू–जलश्रोतको बढ्दो उपयोगका कारण पानीको संकट अहिले नै निकै तीब्र गतिमा गहिरिदै गइरहेको बताइएको छ । परिणामतः धेरैजसो क्षेत्रहरुमा पानीको गुणस्तरमा कमी आइरहेको या आइसकेको छ । त्यसले गर्दा सफा पानीमा रहने बस्ने जीवहरुका बिभिन्न प्रजातिहरुको बिविधता र पारिस्थितिक अबस्था(इकोसिस्टम) मा तीब्र गतिले नोक्सान पुगिरहेको छ । बिश्वका अधिकांश भागहरुमा पानीमा फ्लोराइड, आर्सेनिक, आइरन तथा अन्य कडा धातुहरु रहेका कारणले समेत त्यस्तो पानी पिउन योग्य नरहेको तथ्य पनि बारम्बार प्रकाशमा आइनै रहेका छन् ।

waterproblem.jpg

पानी सुकेर सुख्खा लागेपछि

प्राृकतिक रुपले तटीय र अन्तःतटीय क्षेत्र पानीको नुनिलोपनाको समस्यासँग जुधिरहेका छन् । कतिपय देशहरुको भूमिगत जल भण्डार प्रायः खाली भइसकेको छ र जे जति बचेको छ त्यो पनि प्रदुषित भइसकेको छ । नदीको पानी पनि पिउन योग्य रहेको छैन । यस्तो स्थितिमा बढ्दो पानीको संकटको सामना गर्नका लागि ब्यवस्थित सामुदायिक बिकेन्द्रित पानी ब्यवस्थापनको उपाय अपनाउनु बाहेक अरु कुनै बिकल्प छैन । यसैले पानीलाई निजीकरणको बिकल्पमा सामुदायिककरण गर्ने र पानीका श्रोतहरुलाई अतिक्रमणबाट बचाउने कुरा आजको बिश्वको ज्वलन्त आवश्यकता छ । यस क्रममा अतिरिक्त पानी सम्वन्धि कानुनको निर्माण, पानीको कुशल उपयोग, पानीलाई पुनर्प्रशाेधित गर्ने र आधारभूत संरचनाहरु र संसाधनहरुमाथि  बिशेष ध्यान दिनुपर्ने अपरिहार्य आवश्यकता बढेको छ । वास्वतमा पानी मानब अस्तित्वकै निमित्त अत्यावश्यक र आधारभूत कुरा हो । यसको अभावमा मानिसको अस्तित्वकै कल्पना गर्न सकिदैन । जल छ भने खाद्यान्न पनि हुन्छ, बनस्पति पनि हुन्छ । त्यसैले आज जल संरक्षरण गर्नु नै पर्यावरणको पनि संरक्षण हो भन्ने मान्यता बिश्वब्यापीरुपमा बिकसित भइसकेको र भइरहेको  छ । समग्रमा, के महत्वपूर्ण कुरा बुझ्नै पर्ने भएको छ भने ‘पानी छ भने मानिसको भबिष्य पनि छ’ । यसैले अब हामीले आजैदेखि पानीको संरक्षण र सदुपयोग गर्न सिक्नु सिकाउनु पर्दछ । अन्यथा पछि पछुताउन पनि नपाइने स्थिति खडा हुने प्रष्ट छ ।

hiddobot.jpg

 पानीकाे अभावमा रूखहरूमा छटपटी

जल श्रोतको बिश्वकै दोश्रो धनी देश मानिएको हाम्रो देशमा छ हजार नदी नाला भए पनि यिनको सदुपयोग हुन सकिरहेको छैन । हाम्रा खेत बारी ८० प्रतिशत असिञ्चित नै छन् । सफा र सुरक्षित पिउने पानी पनि अझै पुग्न सकेको छैन । जलबिद्यूतको ठूलो सम्भावना भएर पनि अहिलेसम्म डेढ हजार मेगावाट बिद्यूतसम्म् पनि पानीबाट निकाल्न सकिएको छैन । जलाशययुक्त जल बिद्यूत परियोजनाको निर्माण गर्ने हो भने बिद्यूत, सिञ्चाई, जल यातायता,अत्यन्तै न्यून शुल्कमा ढुवानी, सुरक्षित पिउने पानी सबैको एकीकृत बिकास गर्न सकिने महत्वपूर्ण सुझाव राष्ट्रप्रेमी तथा जनप्रेमी बिशेषज्ञहरुले बारम्बार दिइरहेका छन् । तर राष्ट्रिय राजनीतिक नेतृत्वको अत्यन्तै गैर जिम्मेवार प्रबृत्तिले गर्दा यो महत्वपूर्ण श्रोतको सही उपयोग हुन नसकेर अनेक समस्या झेल्नु परिरहेको छ ।

piunepani.jpg

पानीकाे जाेहाे गर्न पालाे कुर्दै महिलाहरू

आजको एक्काइशौ शताब्दी पानीको निम्ति संघर्षको शाताब्दी हुने खतरा टड्कारो बन्दै गएको चेतावनी बिशेषज्ञहरुले बारम्बार दिइरहेका छन् । तर यस खतराप्रति वेवास्ता गर्ने र मानब अस्तित्वकै संकटलाई संघारमै निम्त्याउने अबाञ्छित कार्य पटक्कै हुन छाडेको छैन । पानीको संकटले नराम्रोसँग घेरिइसक्दा पनि यसको समाधानको निमित्त गम्भीर किसिमले सोचबिचार नगरिनु अत्यन्तै बिडम्बनापूर्ण पीडादायक स्थिति हो ।