शनिबार, आश्विन १७ गते २०८३

पार्टीको राष्ट्रिय सम्मेलनको चर्चा र चाडबाड सम्वन्धि पार्टीको दृष्टिकोणका साथ नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशको आयोजनामा शुभकामना आदान–प्रदान

कार्तिक १७, २०७८ बुधबार
पार्टीको राष्ट्रिय सम्मेलनको चर्चा र चाडबाड सम्वन्धि पार्टीको दृष्टिकोणका साथ नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशको आयोजनामा शुभकामना आदान–प्रदान

काठमाण्डौ । आज नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेशको आयोजनामा आइरहेका चाडपर्वहरुको शुभकामना आदान प्रदान सहीत चाड पर्व सम्वन्धि पार्टीको दृष्टिकोण तथा चलिरहेको पार्टीको राष्ट्रिय सम्मेलनका बारेमा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भयो ।

subedi.jpg
प्रदेश प्रमुख क. महेन्द्र जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका संयोजक क. ऋषि कट्टेलले मूलत पार्टीको चलिरहेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत दस्ताबजेहरुका बारेमा प्रकाश पार्दै पार्टीका हरेक सदस्यले नेपाल कम्युनिष्ट पार्टी र अन्य कम्युनिष्ट पार्टीहरुका बीचमा के फरक छ, किन हाम्रो पार्टीको आवश्यकता परेको हो, कमरेड पुष्पलालले नेपाली जनताको मुक्ति र प्रगतिको लागि प्रस्तुत गरेको र कम्युनिष्ट आन्दोनलको  बैचारिक नेतृत्व गरिरहेको नीति र कार्यक्रमले कसरी नेपाली जनता र राष्ट्रको मुक्तिको मार्गदर्शन गर्न सक्छ र नेपालमा नयाँजनबाद हुँदै बैज्ञानिक समाजबादमा प्रबेश गराउन सक्छ भन्ने कुरामा  नेतृत्वतहदेखि लिएर सबै पार्टी पंक्ति प्रष्ट हुुन पर्ने कुरा औंल्याएका थिए । उनले बर्गयुक्त हाम्रो समाजमा चाडपर्बहरु पनि सम्पन्न बर्गका लागि रमझम र खुशीका कुरा हुन्छन् भने बिपन्न बर्गका लागि महंगी र ऋणको बोझ बोकाउने खालका हुन्छन् । त्यसैले यस्तो असमानतामा आधारित समाज फेर्नका लागि क्रान्तिकारीहरु लागि पर्नुपर्ने कुरामा जोड दिएका थिए ।

Joshim.jpg
कार्यक्रममा शुभ कामना दिदै सह–संयोजक क. लोकनारायण सुबेदीले जनताका कला सँस्कृति र चाडपर्वहरुलाई सत्ताको शोषक बर्गले आफ्नो हितको लागि दुरुपयोग गरेर जनतालाई बिभाजित गर्ने र अल्मल्याउने तथा भ्रामक कुरा फैलाउने काम काम गरिरहेको हुन्छ । त्यसैले जनताले शोषक बर्गक यस्ता प्रबृत्तिका बिरुद्ध खडा हुँदै चाडपर्बहरुलाई जनतामा परस्पर एकता, सद्भाव, मित्रता अघि बढाउन जनतालाई सचेत, संगठित र संघर्षशील तुल्याउन तिनको  सदुपयोग गर्दै शोषक साशक बर्गका भ्रम र अन्धबिश्वासलाई चिर्ने किसिमले  चाड पर्बहरुलाई ऐतिहासिक तथा द्वन्द्वात्म तरीकाले हेर्नु पर्ने र गलत कुराहरुलाई फेर्दै सही कुरालाई परिमार्जित गरेर अघि बढाउनु पर्ने आवश्यकता औंल्याएका थिए । उनले त्यस अवसरमा पाटनको  कृष्ण मन्दिर निर्माणको सन्दर्भमा कमरेड पुष्पलाले औल्याएको जनताको भूमिकलाई पनि उदारहणकारुपमा प्रस्तुत गरेका थिए । 

Mahila2.jpg
कार्यक्रममा सचिवालय सदस्य तथा साँसकृतिक बिभागका संयोजक क. राजेश बान्तबाले सँस्कृतिहरु उत्पादन सम्वन्ध र उत्पादन पद्धतिकै उपज भएकोले कम्युनिष्ट आन्दोलनले ल्याउने आमूल परिबर्तनसँगै साँस्कृतिको पनि परिबर्तन हुने हुँदा कम्युनिष्ट आन्दोलनको सफलताको निमित्त साँस्कृतिक रुपान्तरण अनिवार्य छ भन्ने कुरा प्रष्ट पारेका थिए । 

Bantawa.jpg
केन्द्रिय सदस्य तथा प्रदेश सचिव  क. अर्जुनकुमार कार्कीकोे सञ्चालन केन्द्रिय सदस्य क. राजकुमार थापाकाे उपस्थित सबैको स्वागत मन्तब्य प्रकट  गरेको कार्यक्रममा अध्यक्षको आशनबाट बोल्दै केन्द्रिय सचिवालय सदस्य क. महेन्द्र जोशीले देशलाई आत्मनिर्भर र उन्नत तुल्याउने राष्ट्रिय पूँजीको संरक्षण,सम्वर्ध्दन गर्न तथा कृषि र किसानलाई उठान अहिलेदेखि नै ठोस कार्यक्रम गर्दैजाने परिपाटी बसालेर नजाने हो भने नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा नहुने र देशले बैज्ञानिक समाजबादको पृष्ठभूमि तयार पार्न नसक्ने कुरा प्रष्ट पार्दै यसको निम्ति पार्टीले ठोस र उन्नत नीति अघि सार्नु पर्ने महत्वपूर्ण सुझाव दिएका थिए । साथै भाषा रहे जाति रहने कि जाति रहे भाषा रहने भन्ने अन्तरबिरोधपूर्ण बहस चलिरहेको औंल्याउँदै जाति बिना भाषाको उन्नति र बिस्तार हुन नसक्ने पक्षमा आफ्नो मत रहेको भावना ब्यक्त गरेका थिए ।

Ambikakc.jpgarjun.jpg
शुभ कामना आदान–प्रदान कार्यक्रममा सचिवालय सदस्य कमरेडहरु रत्नप्रसाद जोशी, सीता सुबेदी, कृष्णहरि भट्ट, नरेश अमात्य समेत  केन्द्रिय सदस्य कमरेडहरु देबीप्रसाद आचार्य, प्रबीण जोशी, शशि घिमिरे, रचना शर्मा, बिक्रान्त सुबेदी, शोभा सञ्जेल,केशब थापा, राजकुमार थापा,उत्सुक कट्टेल र  सहभागी कमरेडहरु अल्पना जोशी, सरला सिग्देल, अम्बिका केसी र डोमा शेर्पा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमा क.अम्बिका केसीले नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेको घोषणा गरेको र पार्टीले उहाँलाई स्वागत गरेको थियो ।
Thapa.jpg