शुक्रबार, कार्तिक ७ गते २०८३

कुम्भेश्वर साकोसको ११औं साधारणसभा सम्पन्न

कार्तिक १७, २०७८ बुधबार
कुम्भेश्वर साकोसको ११औं साधारणसभा सम्पन्न

 

कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाको ११औं साधारणसभा सम्पन्न भएको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । सभामा संस्थाकी अध्यक्ष बिन्जु खड्गीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०६१ सालमा महिला समुहबाट शुरु भएको संस्था २०६७ सालमा बचतऋण सहकारीमा परिणत गरिएको बताइन् । संस्थाले सदस्यहरुलाई बचतऋणका साथै उनीहरुको माग र आवश्यकता अनुसार सीप विकास तालिम, अनौपचारिक शिक्षा, लघुवित्त तथा युवा स्वरोजगारको ऋण परिचालन गरी आर्थिक रुपमा सशक्त बनाउन लागिपरेको बताइन् । 

गत आ.व.को असार मसान्तसम्म ६७० जना शेयर सदस्य, १ करोड ३० लाख शेयरपुँजी १२ करोड ४४ लाख बचत संकलन र १४ करोड ६९ लाख ऋण लगानी गरेको उनले बताइन् । संस्थाले कुम्भेश्वर मोबाइल बैंकिङ एप सञ्चालन गरी सदस्यहरुलाई विभिन्न प्रकारका युटिलिटी पेमेन्ट गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ भने आइएमई, वेष्टर्न युनियन र हिमाल रेमिटबाट पैसा पठाउन र पाउनसक्ने सुविधा प्रदान गर्दै आएको उनले जनाइन् । 

संस्थाकी सचिव सफलता खड्गीले वार्षिक प्रतिवेदन तथा चालु आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । संस्थाले यस आ.व. मा स्वास्थ्य शिविर, सीपमूलक तालिम, बालबालिका लक्षित कार्यक्रम, वित्तीय साक्षरता र सहकारीसम्बन्धी अभिमुखीकरण कार्यक्रमका साथै सदस्यहरुको उत्पादनलाई बजारीकरण गर्ने जस्ता योजना रहेको उनले जनाइन् । 

संस्थाकी कोषाध्यक्ष शान्तलक्ष्मी खड्गीले गत आ.व.को आर्थिक प्रतिवेदन र चालु आ.व.को अनुमानित आयव्यय विवरण सभामा प्रस्तुत गरेकी थिइन् । 

kumbheswar.jpg