शुक्रबार, कार्तिक ७ गते २०८३

नवजागरण साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

कार्तिक १७, २०७८ बुधबार
नवजागरण साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

नवजागरण बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता एवं मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेतको  प्रमुख आतिथ्यता सभा सम्पन्न भएको हो । 

कार्तिक ५ गते देखि १२ गते सम्म एकाई भेला गरी सभा सभापन गरिएको हो । 

संस्थाका सचिव सोमेश थापाले सभा सञ्चालन गरेका थिए भने संस्थाका उपाध्यक्ष दिपककुमार क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । सचिव थापाले प्रगति प्रतिबेदन र आगामी कार्यक्रम प्रस्तुत गर्नुका साथै कोषाध्यक्ष नारायण बहादुर कार्कीले हाल सस्थाको ५३ करोड सम्पति रहेको  र गत आब मा १ करोड ३९ लाख नाफा गरेको जानकारी दिए । 

प्रमुख अतिथि बस्नेतले संस्थाको कार्यक्षेत्र विस्तारका लागि गुणस्तरिय एकिकरणमा अगुवाई गरि एकिकरणलाई निरन्तरता दिन सुझाव दिदै सहकारी मार्फत उद्यमशीलतालाई प्राथमिकता दिन र एक सदस्य एक सहकारी व्यवस्था कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए  ।

मन्थली नपा १ का कावा वडाअध्यक्ष गजेन्द्र थापा, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरे, जिल्ला बचतका अध्यक्ष जेएन दाहाल, जिल्ला सहकारी संघबाट हिमाल ढुंगेल, कृषि सहकारी संघबाट कुमार श्रेष्ठ, पत्रकार महासंघवाट कैलाश खत्री, प्रेस चौतारीबाट बिफा घिसिङ ,पत्रकार नबराज पथिक ले शुभकामना दिएका थिए । 

सभामा अध्यक्ष श्याम थापाले २ बर्ष देखि प्रोबेसन बाण्ड प्राप्त गर्न सफल भएको र हाल एक्सेस कार्यक्रममा सहभागी रहेको जानकारी दिए । 

संस्थाले मन्थली बजारमामा भवन निर्माण गरि सोही भवनबाट कार्यालय संचालन गर्दै आएको छ । 

संस्थाले  छिटो छरितो सेवा प्रवाह गर्न यस बर्ष लिखुतामाकोसी गापा ३ धोबीमा सेवा केन्द्र खोलिएको र चाडै मन्थलीको बसपार्कमा एटिएम सेवा संचालनमा ल्याउने भएको छ । 

गत बर्षको नाफा बाट १० प्रतिशत शेयर बोनस दिने र संरिक्षत पुजी फिर्ता कोषबाट असल ऋण कारोबार गर्ने ऋण सदस्यहरुलाई  ६० प्रतिशत र बचत कारोबार गर्ने सदस्यहरुलाई ४० प्रतिशत उक्त कोषबाट बितरण गर्ने भएको छ ।  

सभामा ४ जना जेष्ठ सदस्य, ३० जना उत्कृष्ठ सदस्यलाई सम्मान, ४० जना सेयर सदस्यका छोरा छोरीहरुलाई कपी कलम लगाएत स्टेशनरी सामाग्री बितरण गरिएको थियो । 

हाल सम्म सस्थामा १२ जना कर्मचारी २ जना सेक्रुटी गार्ड  रहेका छन भने सस्थाको सदस्य संख्या ७००० माथि रहेको कुरा सस्थाका व्यबस्थापक रमेश कुमार उदाशले बताए ।

nawa jagaran 2.jpg