आइतबार, आश्विन १८ गते २०८३

नेफ्स्कून स्थापना दिवसमा मन्त्री अधिकारीले भने, ‘सहकारी मुलुकको अर्थतन्त्रको मेरुदण्ड बन्नसक्छ’


श्रावण ३१, २०८२ शनिबार
नेफ्स्कून स्थापना दिवसमा मन्त्री अधिकारीले भने, ‘सहकारी मुलुकको अर्थतन्त्रको मेरुदण्ड बन्नसक्छ’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनेर उभिनुपर्ने बताएका छन् । नेफ्स्कूनले आज ३८ औं स्थापना  दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले दिर्घकालिन रुपमा सहकारी अभियानलाई व्यवस्थित गर्न र राज्यले अघि सारेको अर्थतन्त्रको ३ खम्बा मध्ये एक खम्बाको रुपमा स्थापित गर्न आवश्यक परे सरकारले ऐन संशोधन गर्ने समेत बताए ।

अर्थतन्त्रको मेरुदण्ड सहकारी भएको भन्दै उनले आधारभूत जनतालाई वित्तीय सहयोगी प्रदान गरी आयआर्जन वृद्धि र आर्थिक समृद्धिमा सहयोग पु¥याउने काममा सहकारीको भूकिका महत्वपूर्ण भएको बताए । सहकारीकर्मीले मागेका कारण राष्ट्र बैंकलाई नियमनको लागि ल्याइएको उनले बताए । त्यसैले राष्ट्र बैंकको विधि अनुसार नियमन गर्दा सहकारीको सिद्धान्त अनुसार मेल खाएन  भन्नु गलत हुने उनको भनाई छ । राष्ट्र बैंक र सहकारीको ऐनबिच तालमेल नमिलेको भन्दै उनले अभियानले सुधार गर्दै  जाने र राष्ट्र बैंकले सहजता बनाउदै जाने उल्लेख गरे । यो क्षेत्र सुधार भएन भने अझ कडाई गर्दै जाने समेत उनले प्रष्ट पारे ।  विगतमा सहकारी अभियान्ताले उठाएका मागलाई राज्यले संबोधन गरेको भन्दै सबै कुरा मिली सके र  बाँकी केहि पनि छैन भन्ने ठाउँमा भने पुग्न बाँकी रहेको उनले जनाए ।

सहकारी अभियानलाई सुधार गर्दा कठोर पनि बन्नु पर्ने र प्रक्रियामा लैजाँदा केहि असहजता समेत हुने उनको भनाई छ ।  सहकारी ऐन नियम र विधिमा सञ्चालन भए कुनै समस्या नआउने उनको भनाई छ । संघहरुमा राखेको तरलता गणनाको विषयमा समेत आवाज उठिराखेको भन्दै मन्त्री अधिकारीले भने,‘ विग्रेका कुरालाई सुधार गर्न तपाईहरुलाई सजग गराई क्रमशः उत्साह थप्दै जाने हो । दिएको समयमा  संघहरुको अवस्था सुधार भएमा फेरी छलफल गरौँला । सरकारले सहकारी नियमन प्रािधकरण, कर्जा असुली न्यायाधिकरण र समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी तीन वटै निकायले पूर्ण रुपमा काम गर्न सक्ने अवस्थामा पुगेको छ । यी निकायले हिजोको समस्या समाधान गर्दै अभियानलाई बलियो बनाउन काम गर्छन् ।’ उनले विधिमा टेकेर नियमित रुपमा काम गर्न आग्रह गर्दै सम्बन्धित निकायले समस्या फुकाउन सघाउने उल्लेख गरे । संघ संस्थामा थुप्रिएको  गैर बैकिङ सम्पत्ति व्यवस्थापनको विषयमा पनि सरकारले सघाउने उनको भनाई छ । कतिपय नमिलेका कुरालाई ऐन संशोधन गरी मिलाउन आवश्यक रहेको भएको  मन्त्री अधिकारीले बताए । 

 दर्ता गर्ने तर काम नगर्ने सहकारीलाई खारेज गर्ने उनले बताए । सहकारी बचाउनको लागि नभई काम गर्नको लागि मात्र मर्ज गर्नुपर्ने उनको धारणा छ । धेरै झोले संस्थालाई व्यवस्थित गरी बलियो संस्था बनाउन मर्ज गर्नुपर्ने उनको भनाई छ । भूगोल र जनसंख्याको आधारमा मात्र सहकारी दर्ता गर्नु पर्ने र एक ठाउँको बसाई र अर्को ठाउँमा संस्था खोल्ने प्रवृतिका कारण समस्या आएको उनले बताए । नेफस्कूनले गरेको सुधारको प्रशंशा गर्दै मन्त्री ७ अर्बको खराब ऋणलाई ३ अर्बमा झार्नु उपलब्धी भएको बताए । उनले भने,‘ गरेपछि हुनेरहेछ, अर्को बषर्को बार्षिकोत्सब मनाउँदा सबै कुरा सुधार गनुस् । भएको गैर सम्पत्ति विक्री गरिसक्यौं,खराव कर्जा शुन्यमा झार्यौ,संघ बलियो भएर चलायमान भएको छ भन्ने गरी काम गनुस् । सहयोग गर्न मन्त्रालय र सम्बन्धित निकायले कहाँ कस्तो सपोट गर्नुपर्छ, त्यो गर्न हामी तयार छौं ।’