ललिपुर । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको कार्य सम्पादन समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले मोर्चाको केन्द्रिय भेला भाद्र २१ गते गर्ने प्रस्ताव केन्द्रिय समितिमा प्रस्तुत गर्ने निर्णय गरेको छ । यसमा अतिरिक्त बैठकले राष्ट्रिय अन्तराष्ट्रि बिग्रदो परिस्थितिको गम्भीर बिश्लेषण गर्दै यस्तो स्थितिको बिरुद्ध सच्चा क्रान्तिकारी कम्युनिष्ट, लोकतान्त्रिक र देशभक्त सबै शक्तिहरु सचेत र एकताबद्ध भएर स्थितिको सामना गर्नु पर्ने निष्कर्श निकालेको छ । बैठक पछि निकालेको प्रेस बिज्ञप्ति यस प्रकार छ ः
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको कार्य सम्पादन समितिको बिस्तारित जुम बैठक यसै साता बस्यो । बैठकले निम्न निर्णहरु गरेको छ :
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रेस बिज्ञप्ति
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको कार्य सम्पादन समितिको बैठक मोर्चाका संयोजक क.लोकनारायण सुबेदीको संयोजकत्वमा ललितपुर कुपण्डोलमा बस्यो । बैठकमा कार्य सम्पादन समितिका सदस्यहरु क.सन्तबहादुर नेपाली, क. दिनेश शर्मा, क. लक्ष्मण उप्रेती, क. पुष्कर गौतम र क. शैलज पौडलको उपस्थिति रहेको थियो । बैठकले केन्द्रिय समितिको बैठकमा लान निम्न निर्णयहरु गरेको छ ः
१.बैठकले मोर्चाको आगामी केन्द्रिय भेलाका लागि केन्द्रिय समितिमा प्रस्ताव लान र छलफल गरी अन्तिम निर्णय लिन केन्द्रिय समितिको भर्चुअल बैठक यही २०८२ साउन ३० गते बेलाउने निर्णय गर्दै बैठकमा मोर्चामा सहभागी हरेक घटकबाट दुइ दुइ जनाको प्रतिनिधित्व गराउने त निर्णय लिइएको छ ।
२. बैठकले केन्द्रिय समितिको भर्चुअल बैठकमा भेलाका लागि आगामी भाद्र २१ गतेको दिन प्रस्ताबित गर्ने निर्णय लिएको छ ।
३.राष्ट्रिय भेलामा प्रत्येक घटकबाट बढीमा ५ जना सहभागी गराउने र प्रत्येक घटकले भेलाका लागि तोकिएको रकम अग्रिम भुक्तानी गर्नुपर्ने प्रस्ताव केन्द्रिय समितिको भर्चुअल बैठकमा पेश गर्ने कुरा पनि पारित गरिएको छ ।
४.कार्य सम्पादन समितिमा बर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अत्यन्तै तरल, अनिश्चित र जटील बनेको र यस स्थितिले बिश्वका नेपाल लगायत उत्पीडित राष्ट्र र शोषित पीडित जनतालाई गम्भीर नकारात्मक असर पारिरहेको बिषयमा गम्भीर छलफल भएको छ ।
५. त्यसैगरी राष्ट्रिय परिस्थिति पनि बाह्य हस्तक्षेप र आत्म समर्पणबादी सत्ताधारीहरुको प्रबृत्तिले गर्दा देश र जनताको स्थिति गम्भीर खतराको दिशामा धकेलिदै गएको मूल्यांकन बैठकले गरेको छ ।
यस प्रकारको गम्भीरतम र जटील बन्दै गएको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा बैदेशिक हस्तक्षेप र प्रतिकृयावादका बिरुद्ध रहेका सच्चा क्रान्तिकारी कम्युनिष्ट तथा सच्चा लोकतन्त्रबादी एबं देशभक्त शक्तिहरु पहिले कहिल्यैभन्दा बढी सजग, संगठित र एकताबद्ध हुनुको कुनै बिकल्प छैन भन्ने बैठकले निष्कर्श निकालेको छ ।
लोकनारायण सुबेदी
संयोजक
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल
२०८२ साउन २७
नेपालपत्र संवाददाता