शनिबार, कार्तिक ८ गते २०८३

सहकारी प्राधिकरणको विज्ञ सदस्यमा चौलागाई, एक चार्टर्ड एकाउन्टेन्ट नियुक्तिसँगै पूर्णता पाउने


श्रावण २७, २०८२ मंगलबार
सहकारी प्राधिकरणको विज्ञ सदस्यमा चौलागाई, एक चार्टर्ड एकाउन्टेन्ट नियुक्तिसँगै पूर्णता पाउने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यमा डा. रमेश चौलागाई नियुक्त हुनेभएका छन् । मन्त्रिपरिषद्को  हिजो बसेको बैठकले चौलागाईंलाई विज्ञ सदस्यमा  नियुक्त गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा रहेको ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तीका लागि गठित सिफारीस समिति’ले साउन १० गते विज्ञ सदस्यको व्यवसायीक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता लिएको थियो । समितिले नियुक्तिका लागि तीन जनाको नाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको थियो । समितिले विज्ञ सदस्यका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल उपाध्याय,नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. रमेशप्रसाद चौलागाई र कानुन व्यवसायी शहदेव बस्नेतको नाम सिफारीस गरेको थियो ।

प्राधिरकणले अध्यक्ष सहित ३ सदस्य पाइसकेको छ । सहकारी मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि यसअघि नै प्राधिकरणको सदस्यमा नियुक्त भइसकेका छन् । प्राधिकरणमा चार्टड एकाउन्टेन्ट सदस्यको रुपमा सरकारले नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । सो को नियुक्तीपछि प्राधिकरणले पूर्णता पाउने छ । स्थानीय, प्रदेश र संघीय कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको प्राधिरकणले  नियमन गर्नेछ।