नागरिक लगानी कोषको नाफामा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढेको हो ।
\कोषले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब १० करोड रुपैयाँ थियो । कोषको ब्याज आम्दानी घटेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी बढेको छ । ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ४४ करोड रहेकोमा गत आर्थिक वर्ष ३३ करोडमा झरेको छ । सेवा शुल्क तथा कमिसन आम्दानी अघिल्लो आवमा १ अर्ब ४१ करोड रहेकोमा गत आवमा १ अर्ब ६५ करोड छ ।
सेवा शुल्क तथा कमिसन आम्दानीमा आएको वृद्धिले नाफा बढेको हो । कोषले असार मसान्तसम्म १ खर्ब ५८ अर्ब रुपैयाँ विभिन्न बैंकमा मुद्दती निक्षेपका रुपमा लगनी गरेको छ । त्यस्तै ३१ अर्ब रुपैयाँ विभिन्न संगठित संस्थाका धितोपत्रमा लगानी गरेको छ । ६० अर्ब रुपैयाँ सहभागी सापटी तथा आवास कर्जा प्रदान गरेको छ । कम्पनीको खुद कोष मौज्दात २ खर्ब ६६ अर्ब रुपैयाँ बराबर छ ।
नेपालपत्र संवाददाता