प्राचीन चिनिया गुरु, राजनीतिज्ञ, दार्शनिक तथा सम्पादक कन्फ्युसियस (ई.पू. ५५१–४७९) चिनिया सभ्यताका कालजयी, उदाहरणीय र प्रभावशाली व्यक्तित्व हुन् । उनको प्रभाव कतिसम्म भने, आज चीनमा माओ विचारधारा प्रायः लोप भएको छ, तर उनका विचारको दबदबा निर्णायक छ ।
उनको दर्शनविधालाई कन्फ्युसियसवाद भनिन्छ । आजका चिनियाँ कम्युनिस्ट नेताहरू पनि कन्फ्युसियसका उपदेशलाई मार्गदर्शन मान्दछन् भने विद्यालयका पाठ्यक्रममा पनि उनका उपदेश राखिएको छ । उनी हाम्रा गौतम बुद्धको समकालीन हुन् । उनका विचारहरू सरकारी तथा व्यक्तिगत नैतिकतामाथि जोड दिने खालका छन् ।
साथै छोराछोरीले बाबुआमाप्रति, पत्नीले पतिउपर पालन गर्नुपर्ने शिष्टाचार र कर्तब्य, पारीवारिक तथा सामाजिक सभ्यताका विषयमा यिनको शिक्षा सबै मानव जातिका लागि आज पनि घतलाग्दो मानिन्छ । उनको वास्तविक चिनिया नाम कुङ् चिऊ हो, तर चिनियाहरू उनलाई कुङ् फु–त्जु (गुरु वा दार्शनिक कुङ्) भन्ने गर्छन् ।
चिनिया साम्राज्यका संस्थापक याओ र शुन यति शक्तिशाली सम्राट थिए, किन भने उनीहरूका कतिपय मन्त्री कुनै काम गर्न थालेपछि सम्पन्न नहुन्जेल आफ्नै घरभित्र पनि नपस्ने कसम खाएर काम गर्थे । तिनैमध्ये सम्राटका सल्लाहकार वा गुरू थिए कन्फ्युसियस । उनीहरूको कालखण्डलाई चीनको स्वर्णयुग भनिन्थ्यो।उपरोक्त वाणी ७८ पृष्ठ भएको पुस्तक ‘कन्फ्युसियसका भनाई’ नामक लिओनार्ड ए. ल्यालद्वारा अँग्रेजीमा अनुदित र २०१७ मा प्रकाशित दोस्रो अध्यायबाट झिकिएको हो :
"To study and not think is a waste. To think and not study is dangerous."
चन्द्रमणि गाैतम