शुक्रबार, कार्तिक ७ गते २०८३

१६ स्रष्टा पुरस्कृत

कार्तिक १७, २०७८ बुधबार
१६ स्रष्टा पुरस्कृत

 

मानव अधिकार तथा शान्ति समाजले १६ जना स्रष्टालाई ‘स्रष्टा सम्मान अभियान’ अन्तर्गत स्थापित पुरस्कार  प्रदान गरेको छ । 

२०७८ को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा।डा।वेणीमाधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान रामरिझन यादव, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल र वर्ष २०७७ को राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान निलम कार्की निहारिकालाई प्रदान गरिएको संस्थाले जनाएको छ । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा आयोजित कार्यक्रमको सभापतित्व शान्ति समाजका सभापति गोविन्द खनालले गरेका थिए भने प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुरस्कृत स्रष्टाहरुलाई रु. २० हजार नगद राशीसहित ताम्रपत्र प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत स्रष्टाहरुले कवितावाचन गरेका थिए ।