शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी बैंकको २३औं स्थापना दिवस, सदस्यलाइ प्रतिफल दिने बातावरण बनाउने प्रतिवद्धता


श्रावण १९, २०८२ सोमबार
सहकारी बैंकको २३औं स्थापना दिवस, सदस्यलाइ प्रतिफल दिने बातावरण बनाउने प्रतिवद्धता

 

ललितपुर। राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २३औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै सदस्य–केन्द्रित सेवा प्रणाली सुदृढ बनाउने तथा दीर्घकालीन सहकारी मूल्यको संरक्षणमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ।

नेपाल सरकारको समेत शेयर लगानीमा सञ्चालित सहकारी बैंकले विगत २३ वर्षदेखि सहकारी संघ–संस्थाहरुलाई वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै सबै सदस्य, नियामक निकाय र सरोकारवालाप्रति आभार प्रकट गरेको छ।

कोभिड–१९ तथा अन्य वित्तीय चुनौतीबीच पनि विवेकपूर्ण निर्णय र असल अभ्यासमार्फत संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति भएको भन्दै बैंकले आफ्नो अवस्था अब दिगो, सक्षम र स्थायीत्वतर्फ रूपान्तर हुँदै गएको जनाएको छ।

बैंकले शेयर सदस्य संस्थाहरुको लगानीप्रति सम्मान प्रकट गर्दै चाँडै प्रतिफल दिने वाताबरण सिर्जना गर्ने प्रतिवद्धता जनाउँदैछ।

सहकारीका मूल सिद्धान्त कार्यान्वयन, प्रविधि विस्तार, उद्यमशीलता प्रवद्र्धन, वित्तीय पहुँच वृद्धि, वातावरणीय उत्तरदायित्व र पारदर्शी सेवा प्रवाहमार्फत सहकारी अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको बैंकले जनाएको छ।

बैंकले समग्र सहकारी आन्दोलनको सुदृढीकरणमा निरन्तर क्रियाशील रहने संकल्प व्यक्त गर्दै सम्पूर्ण सदस्य संस्थाको विश्वास र साथप्रति पुनः कृतज्ञता व्यक्त गरेको छ।