संसार आणविक दुःस्वप्नको किनारमा उभिएको छ। (पूर्व ? - सं)अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुनियाँलाई स्तब्ध पार्ने घोषणा गरेका छन्-- उनले दुई वटा आणविक पनडुब्बीहरूलाई सिधै रूसलाई लक्षित गरेर आक्रामक स्थितिमा अघि बढ्न आदेश दिएका छन् । यो चेतावनी होइन। यो युद्धको कदम हो। ट्रम्पले घोषणा गरेका छन्- रूसबाट हुने कुनै पनि उक्साहट र उत्तेजनालाई अब घातक शक्तिले सामना गरिने छ।
त्यसपछिको कुरा झनै भयावह छ। रूसी राष्ट्रपति भ्लादीमीर पुटिनले तुरुन्तै प्रतिक्रिया दिएका छन्। उनले आधिकारिक रूपमा घोषणा गरेका छन्- विश्वको सर्वाधिक उन्नत हाइपरसोनिक मिसाइल, Oreshnik तैनाथ गरिएको छ। यो साधारण हतियार होइन। यसले ६ वटा 'आणविक वारहेड' (nuclear warheads) बोक्छ, र हरेक 'आणविक वारहेड' थप ६-वटा 'साना-वारहेड' (mini-warheads) मा विभाजित हुन्छन् र यौटै प्रक्षेपणबाट कुल ३६ अलग-अलग आणविक विस्फोटहरू हुन्छन्। यो मिसाइल शक्तिशाली मात्र छैन, अभेद्य पनि छ। कुनै पनि ज्ञात प्रतिरक्षाप्रणाली-'आइरन-डोम', 'प्याट्रियाट', डेभीडस-स्लीङ आदि\ईत्यादिले यसलाई छेक्न सक्दैन। यसको गति '१२-म्याक' (Mach 12 means the object is traveling at 12 times the speed of sound) भन्दा बढी छ र यसले झन्डै सूर्यको सतह नजिकको तापक्रम (लगभग ५,००० °C) पैदा गर्छ ।

रूसले यो हतियार आफ्नो सेनालाई हस्तान्तरण गरिसकेको छ, बेलारुसमा तैनाथ गरेको छ, र राष्ट्रपति पुटीनले सेनालाई हरियो सङ्केत दिइसकेका छन्: "युद्ध सुरु भएको खण्डमा, अमेरिका, युरोप र मुठभेटमा आउने जुनसुकै देशमाथि प्रहार गर्नू।"
अझ खतरनाक र जोखिमपूर्ण कुरो- Oreshnik क्षेप्यास्त्रलाई सामना गर्न सक्छु भन्ने अमेरिकाले विश्वास गरेको छ !
अमेरिका अहिले ३७ ट्रीलीयन डलरभन्दा बढी राष्ट्रिय ऋणमा चुर्लुम्म डुबेको छ; यसको अर्थतन्त्र ज्यादै नाजुक स्थितिमा छ, र यतिखेर यसले एकैचोटि ६ वटा देशहरूमा अभेद्य मिसाइल प्रहार गर्न सक्ने महाशक्तिको सामना गर्नु परेको छ। रुसको Oreshnik क्षेप्यास्त्रले फ्रान्स, जर्मनी, पोल्याण्ड र युरोपको जुनसुकै देशलाई पलभरमा ध्वस्त पार्न सक्छ; अमेरिका अर्को पङ्तिमा छ।
ट्रम्पको निम्ति विश्वबजारको नियन्त्रण र धम्की नै पर्याप्त छ। तर यो व्यापार युद्ध होइन। यो वैश्विक विपत्तिको उल्टो-गणना (countdown) हो।
इजराइलमा इरानी क्षेप्यास्त्रहरू रोक्न असफल रक्षाप्रणालीले त्योभन्दा धेरै उन्नत रूसी मिसाइल रोक्ने अपेक्षा गर्न सकिन्छ ? असम्भव ! रूसी Oreshnik क्षेप्यास्त्र जहाँ लक्ष्यभेदन गरिन्छ, त्यो स्थान (location) नै लोप हुन्छ। संसार फेरि कहिल्यै पहिलेको जस्तो हुँदैन।
ट्रम्पले रुस लक्षित परमाणु पनडुब्बीहरू पठाएर आधारभूत रूपमा युद्धको घोषणा गरेका छन्। यदि रूसले प्रत्याक्रमण ग-यो भने त्यो फगत प्रतिशोध (Retaliation) हुने छैन- त्यसले अकल्पनीय विनाश गर्नेछ। यो कुनै सैन्य अभ्यास होइन। यो केवल डर पैदा गर्ने कुरो होइन। यो संसार विनाशको कति नजिक छ- त्यो देखाउने प्रारम्भिक सत्य हो।
दुई आणविक महाशक्तिहरू सशस्त्र, सतर्क र क्रोधित छन्। यौटा गलत पाइलाले... विश्वमा प्रलय निम्त्याउन सक्छ !
हाेमर श्रेष्ठकाे मुहारपुस्तिकाबाट साभार
अनूदित अन्तर्राष्ट्रिय रिपोर्टः श्रेष्ठ
पोष्टः २ अगस्ट २०२५; समयः ०५:००
नेपालपत्र संवाददाता