नेपाल पुनर्बीमा कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले पुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको जनाएको छ ।
नियमन निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनका लागि कम्पनीले हाल कायम शेयरधनीहरुलाई शतप्रतिशत हकप्रद जारी गर्न अर्थ मन्त्रालयको स्वीकृति लिई आगामी साधारणसभा सो प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।
कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको सूचनामा उल्लेख छ। हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रहेको छ। प्राधिकरणको २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्र पूँजी वृद्धि गर्नु पर्ने जनाइएको छ।
उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि निष्काशन हुनेछ ।
नेपालपत्र संवाददाता