शनिबार, कार्तिक ८ गते २०८३

शुभकामना साकोसको बचत संकलन १ अर्ब ४० करोड नाघ्यो


श्रावण ११, २०८२ आइतबार
शुभकामना साकोसको बचत संकलन १ अर्ब ४० करोड नाघ्यो


शुभकामना बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ८१ करोड ४६ लाख  पुगेको  छ । संस्थाले हालै प्रकाशित गरेको असार मसान्त सम्मको वित्तीय विवरण अनुसार  शेयर पूँजी ११ करोड ६१ लाख पुगेको छ भने जगेडा कोषमा १६ करोड ७१ लाख रकम जम्मा भएको छ ।

त्यसैगरी संस्थाले त्यस अवधिमा  १ अर्व ४० करोड ९८ लाख बचत संकलन गरी १ अर्व ५ करोड ८९ लाख ऋण लगानी  गरेको  छ । संस्थामा ३९.८७ प्रतिशत  अर्थात  ५६ करोड २१ लाख तरलता रकम रहेको छ ।  संस्थामा ९ हजार ८ सय ६७   शेयर सदस्य आवद्ध रहेका छन्  । जसमा बाल बचतकर्ता १ हजार १ सय ८० छन् । त्यसैगरी संस्थाबाट ऋण लिने सदस्यको संख्या ६ सय ८ रहेको छ ।

 समुदाय आधिरत भई सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी सञ्चालन भएकाले संस्थाप्रति सदस्यको आकर्षण बढ्दै गएको छ । संस्थाले सदस्यहरुलाई बचत तथा ऋणका साथै अन्य सेवाहरु समेत प्रदान गर्दै आएको छ ।