भक्तपुरको सूर्यविनायकमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले गत असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थाद्वारा जारी गत आर्थिक वर्ष २०८१र८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार शेयर पूँजी ७ करोड ८३ लाख पुगेको छ भने जगेडा कोषमा ७ करोड ३४ लाख र विभिन्न कोषमाहरुमा २ करोड २ लाख रकम जम्मा भएको छ ।
त्यसैगरी संस्थाको बचत संकलन ८२ करोड २७ लाख पुगेको छ रहेको छ । सो अवधिमा संस्थाले ४८ करोड ३६ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति १ अर्व ५ करोड २३ लाख पुगेको छ ।
संस्थाको तरलता रकम ४८ करोड ९७ लाख रहेको छ जुन प्रतिशतमा ५९.५२ हुन आउँछ । संस्थामा हालसम्म ५ हजार ८ सय ५४ कुल सदस्य रहेका छन् भने ३ सय २३ सदस्यमा ऋण लगानी भएको छ ।
नेपालपत्र संवाददाता