बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले कुल सम्पत्ति ५ अर्ब ३२ करोडमाथि पुर्याएको छ । संंस्थाद्वारा प्रकाशित आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय तथा अन्य विवरण अनुसार असार मसान्त सम्म शेयर पूँजी ५४ करोड ७७ लाख, जगेडा कोष ३९ करोड ९ लाख र अन्य कोषमा १८ करोड ८० लाख रकम पुगेको छ ।
त्यसैगरी कुल बचत संकलन ४ अर्ब २ करोड ४२ लाख रहेको छ भने ऋण लगानी ३ अर्ब ५७ करोड ४२ लाख गरी संस्थाको कुल सम्पत्ति ५ अर्ब ३२ करोड ८४ लाख माथि पुगेको छ ।
संस्थामा शेयर सदस्य ५८ हजार ९ सय ११ रहेका छन् । त्यसैगरी शैक्षिक बाल बचतकर्ताको संख्या १२ हजार १४९ गरी कुल सदस्य ७१ हजार ६० पुगेका छन् । प्रमुख कार्यकारी अधिकृत के.बि. लामा स्याङ्तानद्वारा प्रेषित उक्त विवरण अनुसार असार मसान्तमा संस्थामा ८८ करोड २ लाख तरलता रकम रहेको छ जुन २१.८७ प्रतिशत हो ।
सदस्य सुरक्षको लागि संस्थाले निःशुल्क वितरण गरेका स्वास्थ्य उपचार सुविधा, परिवारका मृत्यु समवेदना, सदस्य मृत्यु राहात, प्राकृतिक प्रकोप राहत, नवजात शिशु सेवा, विशेष उपचार सुविधा जस्ता सदस्य सुरक्षण सुविधा शीर्षकमा २०८२ जेष्ठ मसान्तसम्म २ हजार ३ सय २४ जना सदस्यलाई १ करोड ७२ लाख ९३ हजार बराबरको खर्च गरेको जनाएको छ । असार महिनाभर त्यस्तो सुविधा वापत १ सय ९२ जना सदस्यलाई १६ लाख ५ हजार बराबरको खर्च गरेको छ ।
नेपालपत्र संवाददाता