बुधबार, भाद्र ३ गते २०८३

एडीबीको ५ वर्षे राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक


श्रावण ७, २०८२ बुधबार
एडीबीको ५ वर्षे राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

एसियाली विकास बैंक (एडीबी) ले ‘राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९)’ सार्वजनिक गरेको छ । एडीबी सञ्‍चालक समितिबाट ३ असारमा स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ ।

रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्थानशीलतामा केन्द्रित छ । अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा, नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स म्यानेजर प्रीति अरोराले राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेका हुन् ।

एडीबीले नेपालमा पहिलो पटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो । यो सहकार्यमा आधारित विकास योजनामा महत्त्वपूर्ण कोशेढुंगा सावित भएको एडीबीले जनाएको छ ।