बुधबार, भाद्र ३ गते २०८३

जापान सरकारद्वारा नेपाललाई साढे ५३ करोड अनुदान,मानव संसाधन विकासमा खर्च गरिने


आषाढ २५, २०८२ बुधबार
जापान सरकारद्वारा नेपाललाई  साढे ५३ करोड अनुदान,मानव संसाधन विकासमा खर्च गरिने

मानव संसाधन विकास (जेडीएस) परियोजनाका लागि जापान सरकारले  नेपाललाई करीब साढे ५३ करोड रुपैयाँ अनुदान दिएको छ ।  
जेडीएस परियोजना कार्यान्वयन गर्न जापान सरकारले जापानी आर्थिक वर्ष २०२५ को लागि ५७ करोड २० लाख जापानी येन (लगभग ५३ करोड ७० लाख नेपाली रुपैयाँ) अनुदान सहायता प्रदान गरेको हो । जापानी मानव संसाधन विकास छात्रवृत्ति ९जेडीएस० कार्यक्रम २०१५ देखि जापान सरकारद्वारा समर्थित एक शैक्षिक पहल हो र यसलाई चरणबद्ध रूपमा लागू गरिएको छ ।

बुधबार अर्थमन्त्रालयमा आयोजित एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारको तर्फबाट नेपालका लागि जापानका राजदूत तोरु मेदाले नोट आदानप्रदानमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी ९जाइका० नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले अनुदान सम्झौतामा हस्ताक्षर गरे ।  

अनुदान सम्झौता अनुसार, उक्त कोष स्नातकोत्तर डिग्री हासिल गरिरहेका २० जना विद्यार्थीहरू र विद्यावारिधि डिग्री हासिल गरिरहेका २ जना विद्यार्थीहरूको लागि विश्वविद्यालयको शिक्षण शुल्क, बस्ने लागत, यात्रा भत्ता, बीमा र शैक्षिक सामग्रीहरू कभर गर्न प्रयोग गरिनेछ ।

हालसम्म १४२ नेपाली निजामती कर्मचारीहरू ९१४० स्नातकोत्तर डिग्री प्राप्त र २ जना विद्यावारिधि० ले यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रतिष्ठित जापानी शैक्षिक संस्थाहरूमा आफ्नो अध्ययन पूरा गरिसकेका छन् । हाल ४० स्नातकोत्तर र ५ जना विद्यावारिधि विद्यार्थीहरू यस कार्यक्रम अन्तर्गत जापानमा अध्ययनरत छन् । हस्ताक्षर समारोहमा बेल्दै अर्थ सचिव उपाध्यायले यस छात्रवृत्ति कार्यक्रमले नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको र भविष्यमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे  ।