शुक्रबार, कार्तिक ७ गते २०८३

मिलिजुली कालिञ्चाेक साकोसको २८औं साधारणसभा सम्पन्न

कार्तिक १४, २०७८ आइतबार
मिलिजुली  कालिञ्चाेक साकोसको २८औं साधारणसभा सम्पन्न

 

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २८ औं बार्षिक साधारणसभा शनिवार समापन गरेको छ । 

संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारणसभा समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि। का सञ्चालक सदस्य एवं राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष केबी उप्रेती प्रमुख अतिथि रहेका थिए । त्यसैगरी जिल्ला सहकारी संघ लि। का अध्यक्ष हेमन्त चौलागाई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । 

संस्थाले संघिय सहकारी बिभागले जारी गरेको सहकारी संस्थाको साधारणसभा (कार्यब्यवस्था) निर्देशिका २०७६ बमोजिम आफ्नो २८ औं बार्षिक साधारणसभा सञ्चालन  गर्दै सम्पन्न गरेको हो । 

संस्थाले २०७८ साल कार्तिक १ गते सोमबार बिहान ८ बजे बाट जिल्लाका स्थानिय एफएम र संस्थाको फेसबुक पेज बाट आ.व. २०७७।०७८ को बार्षिक प्रगति प्रतिवेदन बाचनको लाइभ गर्दै साधारण सभाको सुरुवात गरेको थियो । 

संस्थाले आफ्नो कार्यक्षेत्रलाई दुई एकाईमा बिभाजन गरी एकाईगत साधारणसभा अन्तर्गत २०७८ साल कार्तिक ४ गते पहिलो एकाईको र २०७८ साल कार्तिक ६ गते दोस्रो एकाईको बार्षिक साधारणसभा गरेको थियो । उक्त एकाईहरु बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु संलग्न आजको साधारणसभा समापन सभामा साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गरिएको संस्थाले जानकारी दिएकाे छ । 

संस्थाले आ.व. २०७७।०७८ मा संस्थामा भएको सदस्य सेवाको लागि ब्यवसायिक मानव संशाधन, सदस्य राहात कार्यक्रम, जेष्ठ शेयर सदस्य भत्ता कार्यक्रम, प्रविधि तथा मुस्कान सहितको वित्तिय सेवा प्रवाह, सबै सहकारी संस्थाले अनुसरण गर्नु पर्ने नेतृत्व पुर्व तालीम कार्यक्रम, शेयर सदस्य बिमा कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, सुत्केरी सहयोग कार्यक्रम, सियुलेग कार्यक्रम लाई महत्वपुर्ण कार्यक्रमको रुपमा लिएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताए । 

संस्थाको आर्थिक बर्ष २०७७।०७८ सम्ममा कुल शेयर सदस्य २२,८८२ कुल बाल बचतकर्ता ८,८०४ गरी जम्मा ३१,६८६ जना बचतकर्ताहरु पुगेका छन् । आर्थिक बर्ष २०७७।०७८ मा संस्थाको कुल पूँजी रु. १ अर्ब २१ करोड ९७ लाख १९ हजार पुगेको छ । 

संस्थाले संघिय सहकारी ऐन २०७४ को परिच्छेद १२ दफा ७४ बमोजीम नेपाल एकाउन्टीङ्ग स्टयाण्डर्ड बोर्डले तोकेको र आईक्यानले लागु गरेको एनएफआरएस् बिधिबाट आर्थिक बर्ष २०७७।०७८ को लेखा परीक्षण गराएको छ ।

यस समापन कार्यक्रममा संस्थाको २०७८ साल भाद्र ७ गते परेको २९ औं स्थापना दिवसको अवसरमा घोषणा गरीएको सम्मान तथा प्रशंसा पत्र बितरण गरिएको थियो । सम्मानका बिधाहरुमा पूर्व सञ्चालक, पूर्व लेखासुपरीवेक्षण समिति, योगदानकर्ता, पत्रकार, एफएम रेडियो, उत्कृष्ट बालबचतकर्ता, बर्ष उत्कृष्ट कारोवार, उत्कृष्ट दैनिक तथा मासिक बचतकर्ता, बढी शेयर खदिरकर्ता, उद्यमी महिला तथा पुरुष, ज्येष्ठ शेयर सदस्य महिला तथा पुरुष, शारिरिक रुपमा अशक्त, आठ वटा सेवाकेन्द्रमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य, दैनिक तथा मासिक नियमित ऋण, पूर्व कर्मचारी सम्मान लगायत बर्ष उत्कृष्ट कर्मचारी, सेवाकेन्द्र उत्कृष्ट कर्मचारी र उत्कृष्ट सेवाकेन्द्र लाई प्रशंसापत्र वितरण गरिएको थियो ।

 

milijuli kalinchok AGM 2.jpg

milijuli kalinchok AGM 3.jpg