शुक्रबार, कार्तिक ७ गते २०८३

अधिक तरलता  व्यवस्थापन गर्न ४५ अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक


आषाढ २२, २०८२ आइतबार
अधिक तरलता  व्यवस्थापन गर्न ४५ अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

 

नेपाल राष्ट्र बैंकले रु.४५ अर्ब निक्षेप बोलकबोल आव्हान गरेको छ । अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले आज ४२ दिने निक्षेप संकलन उपकरण जारी  गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न पाउनेछन् । निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८२ भदौ १ गते हुनेछ ।