आइतबार, आश्विन १८ गते २०८३

क.पुष्पलाल जन्म शत बार्षिकी बिशेष कार्यक्रमा निष्ठाबान कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान

आषाढ २१, २०८२ शनिबार
कमरेड पुष्पलाल जन्मेको १०० बर्ष पुगेको जन्म शत बार्षिकी कार्यक्रम य हीअसार १५ गते उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा सम्पन्न भयो । बिहानको समयमा नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कार्यालय उदयपुर गाईघाट कार्यालय अगाडि जम्मा भएर ‘कामरेड पुष्पलाललाई लाल सलाम’को अभिबादन गर्दै १०० बर्ष पुगेको प्रतीककोरुपमा कम्युनिष्ट पार्टीका १०० झण्डा तीन पटक उच्च उठाएर कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोहको तत्वाबधानमो अभिबादन गरिएको थियो । 
त्यसपछि पार्टी कार्यालयबाट नारा जुशुल सहीत १०० झण्डा लिएर नगरपरिक्रमा तथा पर्चा बितरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा क. पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव तथा नेपाल कम्युनिष्पट पार्टीका अध्यक्ष लोकनारायण सुबेदी समरोह समितिका राष्ट्रिय सदस्य तथा नेकपाका उपाध्यक्ष भिमप्रसाद सेढाई राष्ट्रिय समितिका सदस्य रहेका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यहरु महेन्द ्रजोशी, रामदुलार महतो, सीता सुबेदी, नरेश अमात्य, बद्रीनाथ अधिकारी तथा राष्ट्रिय समारोह समितिका सदस्य रहेका पार्टीका केन्द्रिय समितिका सदस्यहरु, राष्ट्रिय परिषदका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु र साधारण पार्टी सदस्यहरु समेतको उपस्थिति र सहभागीता रहेको थियो ।
नगरपरिक्रमाजुलुशमा कमरेड पुष्पलाल अमर रहुन् क. पुष्पलालको जन्म शत बर्षिकी सफल पारौं, नयाँ जनबादी क्रान्ति जिन्दबाद, सामन्तबाद साम्राज्यबाद मूर्दाबाद, अमेरिकी साम्राज्यबादी दादागिरी मूर्दाबाद, प्यालेस्टिनहरुको नरसंहार बन्द गर, उनीहरुको स्वाधीनता र सार्बभौमिकताको सम्मान गर, बिश्वका मजदुर एक होऔं, प्यालेस्टिनी तथा ईरानी जनतासँग ऐक्यबद्धता छ, मजदुर किसान एकता जिन्दाबाद, सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु कमरेड पुष्पलालको बिचार वरिपरी गोलबन्द होऔं  लगायतका नाराहरु लगाइएको थियो ।
असार १५ गते अपरान्ह कमरेड पुष्पलालप्रति समर्पित बिशेष कार्यक्रम त्रियुगा नगरपालिका सभाकक्षमा सम्पन्न भयो । सभाको अध्यक्षता क.पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका राष्ट्रिय सदस्य तथा नेकपाका उपाध्यक्ष क. भिप्रसाद सेढाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आरम्भमा सयवटा झण्डा झण्डोत्तोलन गरेर कमरेड पुष्पलाललाई सम्मान प्रकट गरिएको थियो भने कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत बजाउँदै उहालाई लाल सलामको अभिबादन गरिएको थियो । त्यसपछि ‘स्वागत गर्छौ हामी जनताका योद्धाहरुलाई, सम्मान गर्छौं हामी बीर अम्मर शहीदहरुलाई’ भन्ने क्रान्तिकारी गीतद्वारा समाभा उपस्थित सबैलाई  स्वागत गरिएको थियो ।
त्यस कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीले बिचार र ब्यवहारमा खारिएको कमरेड पुष्पलालको क्रान्तिकारी नीतिको वरिपरी सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु गोलबन्द भएर अगाडि बढ्नु आजको राष्ट्रिय अन्त्र्राष्ट्रिय ज्वलन्त आवश्यकता हो भन्नु हुँदै पुष्पलालको नीतिकै आधारमा  जनताका संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरुलाई जोगाउदै नयाँ जनबादी क्रान्तिको दिशामा अघि बढ्न सकिन्छ र बैज्ञानिक समाजबादको आधार तयार गर्न सकिन्छ । अहिलेसम्मको अनुभवको आधारमा यो मूलबाटो छोडेर क्रान्तिकारी कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्ने कल्पना गर्न सकिदैन भन्नु भयो ।
बिश्वमा साम्राज्यबादको प्रकृति र  मानब समाजमाथिको हमला जारी छ र यसले महाँसंकट निम्तयाउँदैछ भन्नु हुँदै बिश्वमा यतिबेला स्वाधीनता र सार्बभौमिकताका निम्ति ७ दशकभन्दा बढी समयदेखि लड्दै आएका पेलेस्टिनी जनतामाथि अमेरिका र नाटो सहीतको सहयोगमा जसरी इज्रायलले जातीय नरसंहारकारी आततायी हमल गरेर हजारौं हजार निर्दोष शिशु, महिला, अस्पतालका बिमारी र बिद्यलयका बिद्यार्थीहरुलको क्रुर  आततायी हत्या गरिरहेको छ त्यसको तीब्र घोर भत्र्सना गर्दै ईरानी राष्ट्रको सार्बभौमिकतामाथि खुलमखुल्ला हमला गरेर साम्राज्यबादले आफ्नो नाङ्गोरुप बिश्वब्यापीरुपमा देखाएको छ भन्ने कुरा राख्दै इरानी साम्राज्यबाद  बिरोधी जनताप्रति ऐक्यबद्धता प्रकट गर्नु भएको थियो । आजको यस महत्वपूर्ण ऐतिहासिक दिनमा बिगतको समीक्षा गर्दै देश र जनताप्रति अझ बढी संकल्पबद्ध भएर अघि बढ्न प्रेरणा दिने दिन हो भन्नु भयो ।
कार्यक्रममा सभाध्यक्षको आसनबाट बोल्नु हुँदै पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष भिमप्रसाद सेढाईले कमरेड पुष्पलालको सिद्धान्तनिष्ठा, दूदर्शीता तथा देश र जनताप्रति अबिचलरुपमा समर्पण अतुलनीय रहेको छ । त्यसैले राजा महेन्द्रले बार्तामा पटक पटक  बोलाउँदा सहयोद्धा हिक्मतसिंहलाई  पार्टीले बार्ताको लागि पठाएको र राजासँग भएको कुराकानीको प्रसंग कोट्याउँदै भन्नु भयो – ‘हिकमत सिंहसँग राजाले सबै अरु सबै कम्युनिष्ट नेताहरु मलाई सहयोग गर्न तयार भइसके, तिमीहरु दुइचार जनाको झुण्ड बनारसमा उफ्रेर केही हुँदैन, तिमीहरु सहयोग गर्न आएनौ भने सकिन्छौ  यसैमा तिमीहरुको भलाई छ भनेछनं । राजाको कुरा सुनिसके पछि क. हिक्मत सिंहले राजालाई भनेछन् – ‘हाम्रो पार्टीले तपाईको प्रजातन्त्र बिरोधी कदमको समर्थन गर्न सक्तैन’ । हिक्मतसिंहको यति कुरा सुने पछि   राजाले भनेछन् –तिमीहरुले समर्थन नगर्दैमा केही पनि ख्यासिदैन’ । त्यसपछि हिक्मत सिंहले भनेछन् –‘मूढा जलाउन झिँजाले नै काम गर्दछ’। यति कुरा सुन्ने बित्तिकै राजा महेन्द्र जरुक्क उठेर हिडेछन्। यो २०२२÷२३ सालतिरको कुरा हो । 
समारोह समितिका राष्ट्रिय सदस्य रहेका नेकपाका केन्द्रिय सदस्य एब नेपाल कम्युनिष्ट पार्टीं उदयपुर जिल्लाका नब निर्बाचित अध्यक्ष क गणेश कुमार. खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा समारोह समितिका  राष्ट्रिय सदस्य तथा राष्ट्रिय परिषदका सदस्य एबं जिल्लाका सचिब तोयराज अधिकारीले स्वागत गर्नु भएको कार्यक्रममा कमरेड पुष्पलालप्रति समर्पित मन्तब्य राख्नु हुँदै क.पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका राष्ट्रिय सदस्य रहनु भएका नेकपमा सचिव द्वय क. महेन्द्र जोशी र क. रामदुलार महतो, कोषाध्यक्ष क. सीता सुबेदी सचिवाल सदस्यहरु क. बद्रीनाथ अधिकारी र क. नरेश अमात्यले पनि बोल्नु भएको थियो । उहाँहरु सबैले क. पुष्पलालको बाटो छोडेर नेपालको कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्न सक्तैन भन्ने भावना ब्यक्त गर्नु हुँदै पुष्पलालको बाटोमा दृढताकासाथ अघि बढौं भन्नु भएको थियो । 
कार्यक्रममा माक्र्सीय गुरुकुलका सचिव तथा पुष्पलालका अनुयायी यूवा नेता किसन शर्मा गैरेले पनि बोल्नु हुँदै र कम्युनिष्ट आन्दोलनमा यूवापंक्तिलाई आकर्षण गर्ने नीति ल्याउन सुझाव दिदै कमरेड पुष्पलालको सही नीतिलाई यूवा पुस्तामा हस्तान्तरण गर्न नसकेसम्म कम्युनिष्ट आन्दोलन सही दिशामा सही किसिमले अघि बढ्दैन भन्नु भयो ।
कार्यक्रममा पुराना सहयोद्धा गौरी उदासले पनि बोल्नु हुँदै कमरेड पुष्पलाल जस्तो सिद्धान्त र ब्यबहारमा खारिएको अर्को सही नेता देशमा छैन । उहाँको नीति र सिद्धान्तको कुरा सुन्दा, पढ्दा र बोक्दा गौरब महसुश हुन्छ भयो ।
कार्यक्रममा समारोह समितिका सदस्य रहेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य शुकदेश चौधरीले किसान मजदुर श्रमजीवी जनताप्रति समर्पित गीत गाएर दर्शकहरुलाई सुनाउनु भएको थियो ।
 कार्यक्रममा सभा हल उपलब्ध गराएकोमा नगर प्रमुख उपप्रमुख लगायत नगरपालिका परिबारलाई धन्यबाद दिइएको थियो ।