काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन अन्त्य गरेकी हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गरेको थियो । सोही बमोजिम राष्ट्रपति भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी संसदका दुवै अधिवेशन अन्त्य गरिन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बसेको संसदको बैठकमा नै कात्तिक २९ गतेसम्मका लागि संसदकाे बैठक स्थगित भएको बताएका थिए । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि असोज २५ गतेपछि यता डाकिएको छैन ।