शुक्रबार, कार्तिक ७ गते २०८३

कोशी प्रदेशका सहकारीमा पुँजी र बचत वृद्धि, कर्जा लगानी भने घट्यो


आषाढ ११, २०८२ बुधबार
कोशी प्रदेशका सहकारीमा पुँजी र बचत वृद्धि, कर्जा लगानी भने घट्यो

कोशी प्रदेशका सहकारी २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा सहकारी संस्थाहरूको कुल पुँजी ७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन अनुसार सहकारीहरुको बचतमा केहि वृद्धि देखिएको छ भने कर्जा लगानी भने घटेको छ । 

अध्ययन अनुसार २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा सहकारी संस्थाहरूको कुल पुँजी ३.४ प्रतिशतले वृद्धि भएको थियो । २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा सहकारी संस्थाहरूको कुल बचत १५.६ प्रतिशतले बढेको छ भने कुल कर्जा २१.४ प्रतिशतले घटेकोे छ । २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा सहकारी संस्थाहरूको कुल बचत र कुल कर्जा क्रमश: १५.६ र २३.६ प्रतिशतले वृद्धि भएको थियो । 

२०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा सहकारी संस्थाहरूको सदस्य संख्या ८.८ प्रतिशत र कर्मचारीे संख्या ०.१ प्रतिशतले वृद्धि भएको छ । २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा सहकारी संस्थाहरूको सदस्य संख्या ६ प्रतिशत र कर्मचारी संख्या ०.९ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकले प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थामध्ये ऋण लगानीका आधारमा नमुना छनोट गरिएका कोशी प्रदेशका १० ठुला बचत तथा ऋण सहकारी संस्थाबाट प्राप्त विवरणको आधारमा गरिएको विश्लेषण गरेको हो ।