कस्तुरी बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनय पण्डितको सभापतित्व एवं कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । संस्थाले गत कार्तिक ६ गतेदेखि शुरु गरी आज सभा समापन गरेको हो ।
संस्थाले त्यस अवधिमा सदस्यहरुका लागि उपस्थिति पुस्तिका खुल्ला तथा वार्षिक प्रतिवेदन वितरण गरी सदस्यहरुबाट प्राप्त सुझावलाई समेत समेटेर सभा सम्पन्न गरेको जनाएको छ । संस्थाका अध्यक्ष पण्डितले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुमा वित्तीय जागरण एवं सशक्तिकरण गर्न विगत १९ वर्षदेखि निरन्तर लागिपरेको बताए । संस्थाको कार्यक्षेत्र काठमाण्डौ जिल्लाभर रहेको र समुदायमा छरिएर रहेका ससाना पुँजीलाई बचतमार्फत एकिकृत गरी सदस्यहरुको आर्थिक स्तर वृद्धि गर्न व्यापार व्यवसाय र आयमूलक क्षेत्रमा लगानी गर्दै आएको उनले जनाए । संस्थाले लघुवित्त, कृषि तथा मझौला व्यापार व्यवसाय, घर निर्माण, जग्गा खरिद, सामाजिक कार्यक्रम एवं उच्चशिक्षाका लागि ऋण प्रवाह गर्दै आएको पण्डितले बताए ।
संस्थाले सदस्यहरुलाई लक्षित गरी विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ । संस्थाले आर्थिक वर्ष २०७७।०७८ असार मसान्तसम्म ७ करोड ५४ लाख ६४ हजार शेयरपुँजी, ६४ करोड ६० लाख ४८ हजार बचत संकलन र ४३३ सदस्यलाई ५२ करोड ९० लाख २१ हजार ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा ४२ लाख ७१ हजार सञ्चालन मुनाफा गरेको छ । संस्थाले जगेडा तथा विभिन्न कोषमा गरी ३ करोड १ लाख
संस्थाले कोभिड १९ का कारण सिर्जित असहज परिस्थितिमा दैनिक ज्याला मजदुरी गरी परिवार धान्दै आएका संस्थाका सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ भने स्थानीय स्तरमा हुने विभिन्न सामाजिक क्रियाकलापमा पनि सक्दो सहभागिता जनाउँदै आएको छ ।
