शुक्रबार, कार्तिक ७ गते २०८३

आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी युपिआई कार्डबाट भुक्तानी गर्दा  छुट पाइने


जेठ २८, २०८२ बुधबार
आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी युपिआई कार्डबाट भुक्तानी गर्दा  छुट पाइने

  नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र आईएमई हस्पिटालिटीबिच एससिटी -युपिआई कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशत सम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।  

यस सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाट स्थित होटेल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा एससिटी युपिआइ कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् । रुम महसुलमा छुट  पिओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी युपिआइ कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससिटी युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।