शनिबार, कार्तिक ८ गते २०८३

"संयुक्त राज्य अमेरिका विश्व प्रहरी हुनुपर्छ भन्ने कुरा न त विवेकले न त बुद्धिमानीले देखाउँछ।" – रोबर्ट म्याक्नमारा


जेठ २८, २०८२ बुधबार
"संयुक्त राज्य अमेरिका विश्व प्रहरी हुनुपर्छ भन्ने कुरा न त विवेकले न त बुद्धिमानीले देखाउँछ।" – रोबर्ट म्याक्नमारा
न हाम्रो विवेकले न त बुद्धिमानीले नै संयुक्त राज्य अमेरिकालाई विश्व प्रहरी हुनुपर्ने वा हुनसक्ने बताउँछ...
: रोबर्ट म्याक्नमारा
 
"संयुक्त राज्य अमेरिका विश्व प्रहरी हुनुपर्छ भन्ने कुरा न त विवेकले न त बुद्धिमानीले देखाउँछ।" – रोबर्ट स्ट्रेन्ज म्याक्नमारा -  (१९१६–२००९) विश्व बैंकका सभापतिका रुपमा काम गरेका अमेरिकी हुन् । त्यहाँ उनी १९८१ सम्म कार्यरत रहे । उनले राष्ट्रपतिद्वय जोहन एफ्. केनेडी र लिण्डन बी. जोह्नसनका पालामा अमेरिकाको आठौं रक्षामन्त्री (१९६१–१९६८) का रुपमा काम गरे । त्यही समयमा भियतनाम युद्ध मच्चिएको थियो । यसका लागि उनी एक मूख्य उत्तरदायी अमेरिकी अधिकारी ('Architect of Vietnam War') थिए ।
दोस्रो विश्वयुद्धताका म्याक्नामारा अमेरिकी सेनामा कार्यरत थिए । युद्धपछिको अवस्थामा हेनरी फोर्डले उनीलगायत केही प्रतिभाशाली सैनिकहरूलाई आफ्नो मोटर कम्पनीको कामका लागि नियुक्त गरे ।
उनकै पालामा क्युबामा सोभियत मिसाइल तैनातसम्बन्धी संकट आइलाग्यो । यसमा क्युबालाई नाकाबन्दी गर्ने सल्लाह उनैको थियो । गरीब र निर्धन मुलुकको उन्नतीका लागि उनका विचारहरू उत्तम मानिन्छ । विश्व बैंकलाई गरिबी नियन्त्रणका लागि लगाउन उनले गरेको प्रयास प्रशंसनीय छ ।
उनको नाममा विश्व बैंकले छात्रवृत्ति पनि चलाउँछ ।
प्रस्तुत भनाई चार्ल्स् ई. मिलरको २०१० प्रकाशित पुस्तक ‘विवेक, इन्कार’(Conscience, Denied) को पृ. २१ बाट झिकिएको हो । ब्यावसायिक कार्यकारीका रुपमा पनि उनी सफल व्यक्ति हुन् ।
उनी वाशिङ्टन डीसी स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ९३ वर्ष उमेरमा चीरनिद्रामा गए, फेरि कहिल्यै उठेनन् ।