शुक्रबार, कार्तिक ७ गते २०८३

शुभकामना साकाेसको रजत वर्षमा विविध कार्यक्रम


जेठ २३, २०८२ शुक्रबार
शुभकामना साकाेसको रजत वर्षमा विविध कार्यक्रम

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले रजत बर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । संस्थाले यस अवसरमा मुख्य कार्यालय सूर्यविनायकमा बाल मनोविज्ञान सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थामा आवद्ध ५० जना बालबचतकर्ताको सहभागिता रहेको थियो । बाल सदस्यहरुलाई सो अवसरमा विभिन्न विषयमा परामर्श प्रदान गरिएको थियो । 

sub 4.jpg

त्यसैगरी संस्थाले  रक्तदान तथा सुगर परिक्षण  कार्यक्रम समेत आयोजना गरेको छ ।  भक्तपुरको नासमनामा रक्तदान कार्यक्रम र जनरल फिजिसियन सहित सुगर परीक्षण शिविर सम्पन्न गरिएको थियो  । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको व्यवस्थापक रेश्मी श्रेष्ठले जानकारी दिइन् । त्यसैगरी हार्ट एण्ड डाईबेटिक सेन्टर भक्तपुरको सहयोगमा  सुगर परिक्षण गरिएकोमा ९५ जनाले परिक्षण गरेका छन् । 

sub 5.jpg

संस्थाले रजत वर्षको अवसरमा जिल्लाव्यापी अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरेको छ । प्रतियोगितामा जिल्लामा रहेका सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुले भाग लिएका थिए । संस्थाले बिहिवार भक्तपुरको ब्यासी स्थित महाकाली मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले रजत वर्षकै अवसरमा नासमना सेवा केन्द्रबाट बाजागाजासहित भक्तपुर नगरमा सहकारी र्याली समेत गरेको छ । शनिवार औपचारिक कार्यक्रम गरेर रजत वर्ष सप्ताह   गर्ने जनाएको छ । 

sub 2.jpg

संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको बैशाख महिनासम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी ११ करोड ५६ लाख, जगेडा कोष १५ करोड ८५ लाख, संस्थागत पुँजी १६ करोड ३० लाख र  अन्य कोष  ६३ लाख २० हजार रहेको छ । त्यसैगरी संस्थाले १ अर्ब ३८ करोड ३३ लाख ४४ हजार बचत संकलन गरी १ अर्ब ८ करोड २६ लाख ऋण लगानी गरेको छ । संस्थामा ९ हजार ७४८ सदस्य र १ हजार १२५ बाल सदस्य आवद्ध रहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ७८ करोड ४३ लाख पुगेको छ । 
 

sub 1.jpg