शनिबार, आश्विन १७ गते २०८३

तरलता अभाव व्यवस्थापन गर्न २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

कार्तिक ११, २०७८ बिहीबार
तरलता अभाव व्यवस्थापन गर्न २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

 

बजारमा तरलता प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले आज २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

विगत केहि महिनादेखि बैंकिङ क्षेत्रले निरन्तर तरलता अभाव भोगिरहेको छ । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।

कात्तिक ३ गते पनि बैंकले १० अर्व बराबरको ७ दिन अवधिको रिपो जारी गरेको थियो । 

तरलता अभाव भएपछि बैंकहरुले निक्षेपमा ब्याजदर बढाएको भएतापनि आवश्यक मात्रमा निक्षेप बढ्न सकेको छैन । ब्याजदर बढाउन प्रतिस्पर्धामा बैंक तथा वित्तीय संस्था लागेपछि  राष्ट्र बैंकले तीन बुँदे निर्देशन नै जारी गर्‍यो । एक पटकमा एक महिना भित्र १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गर्न पाउने निर्देशन राष्ट्र बैंकको छ ।  हाल अधिकांश बैंकले निक्षेपमा अधिकतम नौ दशमलव ३६ प्रतिशत व्याज दिँदै आएका छन् ।