बुधबार, भाद्र ३ गते २०८३

मेडिकल शिक्षामा चर्काे परीक्षा शुल्क ताेकिएपछि विद्यार्थी आन्दोलित

कार्तिक १०, २०७८ बुधबार
मेडिकल शिक्षामा चर्काे परीक्षा शुल्क ताेकिएपछि विद्यार्थी आन्दोलित

 

चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले परीक्षा शुल्क चारगुणा बढाएकोमा आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । चिकित्सा शिक्षा संघर्ष अभियानले शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नलिए विरोधका कार्यक्रम अघि सारिने जनाएको हो । 

आइओएम डिन, प्राडा दिब्या सिंह साहद्वारा कुनै बैज्ञानिक कारण नदेखाई आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर अवैध तरिकाले अचानक परीक्षा शुल्क चार गुणा बढाइनु अवैधानिक, अव्यवहारिक, र माफियामुखी भएको एक प्रेस विज्ञप्तिमार्फत जनाएका हुन् । 

चिकित्सा शिक्षा संघर्ष अभियानका बिद्यार्थीहरू लामो समयदेखि मेडिकल शिक्षामा भएको बिकृति र बिसङ्गति बिरूद्ध आवाज उठाउँदै आएको र बारम्बार आफ्ना समस्याहरू कलेज,आइएम डिन कार्यालय लगाएत सम्बन्धित निकायहरुमा राख्न जाँदा  कुनैपनि प्रतिक्रिया नआएको प्रति चिकित्सा शिक्षा संघर्ष अभियानका बिध्यार्थीहरूको गम्भीर ध्यानाकर्षण भएको छ र सम्बन्धित निकायलाई तत्काल निम्न मागहरु पूरा गर्न चेतावनी दिन चाहान्छौँ।

उनीहरुले विभिन्न समयमा विभिन्न विद्यार्थी  संघठन, स्ववियू  लगायत आन्दोलनरत समूहहरु र चिकित्सा शिक्षा अध्ययन संस्थान, डिन कार्यलय लगाएत सम्बन्धित निकायबिच भएका सम्झौताहरु तुरुन्त अक्षरस लागू गर्न माग गरेका छन् । त्यसैगरी एकीकृत प्रवेश लागू भैसकेको अवस्थामा विभिन्न बिश्वबिद्यालयहरुमा परीक्षा र ब्यारियर आउटमा पनि एकरुपता कायम गरिनुपर्ने माग उनीहरुको छ । 

विद्यार्थी समुदायको अभिभावकीय स्थान रहेतापनि विद्यार्थीको पक्षमा निर्णय गर्न नसक्ने तर अवैध, मफियामुखी, लुटाहा र हैकमबादी निर्णय गर्न अग्रसर रहने, बिगतका सम्झौता लागू गर्न नसक्ने र गल्ती निर्णयहरु नसच्याउन हो भने तत्काल डिनले राजिनामा दिनुपर्ने उनीहरुले भनेका छन् । 

अभियानका संयोजक मनिष भट्टराई, सह–संयोजक पुष्पराज भांम, प्रवक्ता धन बहादुर तामाङ र महासचिव सौगात पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ –  मेडिकल शिक्षासँग सम्बन्धित समस्या समाधानसँगै चर्को परिक्षा शुल्क तत्काल फिर्ता नलिए सम्पुर्ण चिकित्सा शिक्षा सम्बन्धित बिद्यार्थीहरुले एकतावद्ध रुपमा आन्दोलन, सडकसंघर्ष र अनिश्चितकालीन तालाबन्दी लगाएत विभिन्न कडा संघर्षमा जान बाध्य हुने र उत्पन्न हुनसक्ने क्षतिको स्वयमं सम्बन्धित निकायलेनै जिम्मा लिनु पर्नेछ ।

medical edu.jpg