शनिबार, आश्विन १७ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित केन्द्रीय बैठक सम्पन्न

कार्तिक १०, २०७८ बुधबार
नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित केन्द्रीय बैठक सम्पन्न


नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय जुम बैठक सफलताकासाथ हिजाे सम्पन्न  भएको छ । संयोजक ऋषिराम कट्टेलको अध्यक्षता र सह–संयोजक लोकनारायण सुबेदीको सञ्चालनमा चलेको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनका दस्ताबेजहरु खाशगरी पार्टीको कार्यक्रम, राजनीतिक प्रतिबेदन, बिधान संशोधन सम्वन्धि दस्ताबेजहरु अध्ययन र छलफल, संगठन बिस्तार, प्रदेश र जिल्लाका भेला, र  सम्मेलनहरु तथा राष्ट्रिय सम्मेलनको खुला समापनको तयारी बिषयमा मूलतः छलफल केन्द्रित रह्यो ।

 साथै देशमा उत्पन्न गरिएको राजनीतिक समस्या,  भर्खरैकाे बाढी, पहिरो, डुबान र कटानले कृषि, किसान र देशको अर्थतन्त्रमा पुगेको ठूलो क्षति, महिला हिंसाप्रति राज्यको उदासीनता, रणनीतक संयुक्त मोर्चाको गतिहीनता तथा खतरनाक राष्ट्रघाती एमसीसी सम्झौता बिरुद्धको संघर्षलाई सशक्त बनाउने बिषय एबं चीनलाई घेर्ने बढ्दो पश्चिमा शक्तिका गतिबिधिहरुका बिषयमा समेत गम्भीर छलफल भएको थियो ।


 यी बिषयहरुमा केन्द्रिय सचिवालय सदस्यहरु भीम सेढाई, रामबहादुर भण्डारी, शरणबिक्रम मल्ल, रामदुलार महतो, रत्न जोशी, राजेश बान्तबा, सीता सुबेदी, कृष्णहरि भट्ट, डा.मिश्री मण्डल, सत्यनारायण मुखिया तथा केन्द्रिय सदस्यहरु भूमि ढुंगाना, अर्जुन कार्की,बिपत्ती मण्डल, ताेया अधिकारी, बद्रीनाथ अधिकारी,सागरबिर कडारी.  मनिष भटराई,, राजकुमार थापाहरुले आफुलाई लागेका कुराहरु राखेका थिए भने बैठकमा डण्डीराम तिमल्सिना. देबीप्रसाद आचार्य, रचना शर्मा, शारदा श्रेष्ठ, शोभा सञ्जेल, भक्ति शर्मा, किसन महराहरुको समेत सहभागिता रहेको थियो ।