नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको लागि आवेदन दिएका १४ कम्पनीहरूको आवेदन अस्वीकृत गरेको छ ।आईपीओको तयारीमा रहेका १४ वटा कम्पनीको आवेदन अस्वीकृत गर्दै पाइपलाइनबाट हटाएको हो ।
आवेदन अस्वीकृत हुने कम्पनीहरूमा ६ वटा जलविद्युत कम्पनी, दुई औषधि उद्योग, चार पर्यटन क्षेत्र, एक सञ्चार प्रतिष्ठान र एउटा हेलिकप्टर कम्पनी रहेका छन् । एपेक्स हस्पिटालिटी, अर्किड होल्डिंग्स, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एन्ड सुइट्स, सानिमा हाइड्रोपावरको आवेदन अस्वीकृत भएको हो ।
त्यसैगरी रिचेत जलविद्युत्, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर, युनिक हाइडेल, पुवाखोला वान हाइड्रोपावर, एक्कर्ड फर्मास्युटिकल्स, सोपन फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन र प्रभु हेलिकप्टरको पनि आवेदन अस्वीकृत भएको हो । बोर्डको यो निर्णयले ४ अर्ब २१ करोड ३२ लाख रुपियाँको आईपीओ निष्कासन अन्योलमा परेको छ ।
नेपालपत्र संवाददाता