बुधबार, भाद्र ३ गते २०८३

आम जनता जस्तै साधारणा उरूग्वेका पूर्ब राष्ट्रपति  जोसे अल्बर्टो पेपे मुजिका कोर्डैनोकाे निधन

जेठ १, २०८२ बिहीबार
आम जनता जस्तै  साधारणा उरूग्वेका पूर्ब राष्ट्रपति   जोसे अल्बर्टो पेपे मुजिका कोर्डैनोकाे निधन

सत्तामा राष्ट्रपतिको पद सम्हाल्दा पनि आफ्नै दुइ कोठे फार्म हाउसमा साधारण किसानले जस्तै जीवन यापन गर्ने बिनम्र तर कुशाग्र बुद्धी भएका महान ब्यक्ति थिए जनताले प्रेमपूर्बक बोलाउने पेपे । उनको नाम जोसे अल्बर्टो पेपे मुसिका कोर्नैनो । उनलाई बिश्वका  सबैभन्दा गरीब राष्ट्रपतिको संज्ञा पनि दिइयो । तर उनी त्यो मान्न तयार थिएनन् । जसलाई चाहिनेभन्दा बढी चाहिएको छ उनीहरुले मलाई गरीब भनेका हुन् । आफु गणतन्त्रको राष्ट्रपति भएकोले गणतन्त्रका समर्थक जनताको जीवन स्तर जस्तो छ त्यस्तै जीवन चर्या मैले रोजेको छु । म यसमा खुशी छु  । उनले भनेका थिए ।  क्रान्तिकारी बामपन्थी गुरिल्ला योद्धा जसले जनताको मुक्तिको लागि लड्द १३ बर्ष त काराबासको कठोर सजाय भोगे । यस्ता लडाकु एबं संघर्षशील गुरिल्ला नेताले सत्ताको सुख सुबिधालाई वास्ता गरेरनन् । साधारण  किसानको जस्तै जीवन बिताए। त्यस्तो जीवन जुन आजको दुनियामा असाधारण सन्त राष्ट्रपति मानिन्छ । 
हुन पनि पेपे उरुग्वेको राष्ट्रपति भवको साटो आफ्नै दुइ कोठे घरमा बसे । सुरक्षाको नाममा दुइजना प्रहरी र एउटा तीन खुट्टे कुुकुर सीवाय केही थिएन । उनी आफ्नौ भक्सवगन गाडीमा राष्ट्रपति कार्यालयमा जान्थे । अफिसको गाडी पनि लिएनन् । फुर्सदमा श्रीमतीसँग मिलेर केही थप आमदानीका लागि  फुलको खेती गर्ने गर्दथे । उनी ट्रयाक्टर पनि आफै चलाउँने गर्थे । बिग्रियो भने त्यसको मर्मत सम्भार गर्ने मोकानिकको काम पनि आफै गर्ने गर्थे । नोकर चाकर कोही थिएनन्  उनी आफै चिया बनाउने गर्दथे । अस्पताल जाँदा सर्ब साधारण सहरह पालो कुरेर लाइनमा बस्थे र पदीय बिशेष अधिकारको कुनै चासो राख्दैन थिए ।
यद्यपि राष्ट्रपतिको कार्यालय आफ्नै साधारण गाडीमा जाँदा उनी सामान्य कोट पाइण्ट लगाएर जान्थे । उनले राष्ट्रपतिले पाउने सुबिधा नपाएर त्यसो गरेका थिएन् । सबै कुरा उनलाई प्राप्त थियो । तर उनले त्यसलाई ग्रहण गरेनन् । आफुसँग जे जति छ त्यो नै पर्याप्त छ भनेर ती सुबिधा लिन उनले अस्वीकार गरेका थिए । कुनै अरुको करकापमा परेर होइन आफ्नै मनले आफैलाई जनता सरह राख्ने बाटो उनले अख्तियार गरेका थिए । 
राष्ट्रपतिको तलबकोरुपमा उनलाई हर महिना १३,३०० डलर प्राप्त हुन्थ्यो । त्यसमध्य १२,००० डलर उनले गरीबलाई दान दिने गर्दथे । बाँकी बचेको १,३०० डलरमध्ये पनि ७७५ डलर साना कारोबारीहरुलाई सहयोग स्वरुप दिने गर्दथे । कसैलाई लाग्न सक्दछ कि उरुग्वे गरीब देश भएर राष्ट्रपति पेपले त्यसो गरेका होलान् । त्यसो होइन । उरुग्वेको प्रतिब्यक्ति सरदर आय करीब एक लाख रुपैया जति हुन्थ्यो ।  उनी २०१४ मा सेवा निबृत्त भए ।  तर उनले भबिष्यमा चुनाव लड्नु पर्ला भनेर कुनै सम्पत्ति जम्मा गर्ने मनशाय नै राखेनन् । हुन पनि उनको मान्यता के थियो भने ‘रीब त्यही हुन्छ जो पूरा जीवन भरी नै धन जम्मा गर्ने चिन्तामा लागिरहेको हुन्छ’ । उनले कुनै फजुल आवश्यकता पूर्ति गर्न खोज्दैनथे । उनी भन्थे मेरा आवश्यकताहरु नै कम छन् त्यसैले बढी पैसाको आवश्यकता नै छैन । यस्ता महान क्रान्तिकारी ब्यक्तित्व भएका राष्ट्रपति जोस मुजिकाको ८९ बर्षको उमेर हिजो १४ मेका दिन निधन भयो । उनी क्यान्स रोगसँग लडिरहेका थिए ।