बुधबार, भाद्र ३ गते २०८३

युवाहरु पश्चिमबाट सिक्न चाहन्छन्, तर पश्चिममा नयाँ मानिएको धेरै कुरा चीनमा हजारौँ वर्षदेखि छन्। - डा. सनयात सेन


बैशाख ३१, २०८२ बुधबार
युवाहरु पश्चिमबाट सिक्न चाहन्छन्, तर पश्चिममा नयाँ मानिएको धेरै कुरा चीनमा हजारौँ वर्षदेखि छन्।        - डा. सनयात सेन
 

डा. सन् यात–सेन (१८६६–१९२५) आधुनिक चीनका जनक, १९१२ मा छिन राजतन्त्रको अन्त्य गरी गणतन्त्रवादी चीनका संस्थापक, जनबादी चीनका वर्तमान दिनमा पनि ‘राष्ट्रपिता’ सम्मान पाएका क्रान्तिकारी, दार्शनिक, लेखक चिकित्सक हुनुहुन्छ ।
चीनमा राष्ट्रियता, जनतन्त्र र न्यायपूर्ण समाजको स्थापनाका लागि क्रान्तिको आयोजना गर्ने, यसका लागि क्वोमिन्ताङ् पार्टी स्थापना गर्ने डा. सन का विचार र बीपी कोइरालाका विचार मिल्दाजुल्दा छन् । श्रीमती सनको भूमिका पनि प्रभावशाली थियो ।
१९१४ मा चीनको एउटा सानो पार्टी ‘क्वोमिन्ताङ्’ (‘चीनको राष्ट्रवादी पार्टी’ भन्ने अर्थ लाग्ने) को नाम लिएर विशाल पार्टीको स्थापना गर्नुभयो । चीन र ताईवान दुवैतिर डा. सन को ठूलो सम्मान छ ।
१९४५ सम्म चीनमा हावी रहेको जापानी शासकीय अत्याचारको अन्त्य गरी चीनलाई स्वाधिन बनाउन क्वोमिन्ताङ पार्टीको निर्णायक भूमिका रहेको थियो । १९२५ मा डा. सनको निधनपछि क्वोमिन्ताङको नेतृत्व पाएका उहाँका साडुभाई चियाङ काई-शेकको परिवारवादी र प्रतिक्रियावादी तौरतरिकाबाट चिढिएका किसान, साना कम्युनिस्ट पार्टीहरु क्वोमिन्ताङ परित्याग गर्ने क्रम बढ्दै गयो । डा. सनको असामयिक निधन क्वोमिन्ताङको अपूरणीय क्षति सावित भयो ।
तैपनि क्वोमिन्ताङ चीनको ठूलोे पार्टी थियो । तर चाङ काइ सेक नेतृत्वको क्वोमिन्ताङ मा भ्रष्टाचार भयानक रुपले फैलियो । क्वोमिन्ताङ का सैनिक अधिकारीहरू सेनाको ग्यारिजनबाट कम्युनिस्ट सेना ('जनमुक्ति सेना') लाई आफ्ना हतियार पनि बेच्न थाले । तत्कालीन शक्तिशाली जापानीहरूलाई चीनबाट धपाउन सक्षम क्वोमिन्ताङ, आफैंभित्रको भ्रष्टाचार र बढ्दो बेथितिले गर्दा स्खलित र कमजोर भएर गयो ।
माओको नेतृत्वमा कम्युनिस्ट पार्टीको रणनीतिक शक्ति र आमजनतामा बढ्दै गएपछि आखिर क्वोमिन्ताङ ४ लाख सेनासहित मूख्यभूमि छोडेर ताईवानमा पलायन भयो ।
यसैवीच, 'लेनिनलाई गोली हानिएको ३० अगस्टको त्यो दिन लेनिनको देहावसन हुँदा डा. सनयात सेनको मार्मिक सन्देश' उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टीका नेता लोकनारायण सुवेदी आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ-
'त्यतिबेला लेनिनको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै ततकालीन चिनियाँ प्रधानमन्त्री, कोआ-मिन्ताङ्ग पार्टी नेता डा. सन यात सेनले भनेका थिए- "विश्व इतिहासमा हजारौं नेता तथा बुद्धिजीविहरू आए जसले चलाखी शब्दमा बोले तर ती सबै शब्दमा मात्र सीमित रहे । तर तपाईंं लेनिन, त्यसको अपवाद हुनुहुन्थ्यो । तपाईंंले बोल्नु मात्र भएन, हामीलाई सिकाउनु मात्र भएन बरु आफ्नो शब्दलाई काममा रूपान्तरण पनि गर्नुभयो । तपाईंले नयाँ देश बनाउनुभयो । तपाईंले हामीलाई संयुक्त संघर्षको बाटो देखाउनुभयो । तपाईं त्यस्तो महान् व्यक्तित्व हुनुहुन्थ्यो जो शताब्दीयौंसम्म शोषित पीडितको स्मरणमा जीवित रहिरहनुहुनेछ ।"'