बुधबार, भाद्र ३ गते २०८३

एनएलजी इन्स्योरेन्सले शेयरधनीलाई लाभांश दिने


बैशाख २८, २०८२ आइतबार
एनएलजी इन्स्योरेन्सले शेयरधनीलाई लाभांश  दिने

एनएलजी इन्स्योरेनस कम्पनीले शेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले लगानीकर्तालाई  २.६३ प्रतिशत लाभांश  दिने घोषणा गरेको छ  । सञ्चालक समितिको    बैठकले आव २०८०–८१ को नाफाबाट २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार  रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन्