नेपालमा कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका - राज्यका यी तीनै प्रमुख अंगहरुमा भद्रगोल स्थिति देखा पर्दै आएको छ । यो राज्य र राज्य प्रणालीको बिफलता लक्षण हो ।
आज १३ जना सर्बोच्चका न्यायाधीशहरुले बिबादमा मुछिएका प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामाको माग गरेका छन् ।

आज सोमबार बिहान बस्नु पर्ने इजलाश पनि यी न्यायाधीशहरुले बहिष्कार गरे । १३ न्यायाधीशले इजलाशमा बस्नुको साटो छुट्टै बैठक गरेर प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय लिएका हुन् । उनीहरुले भोलि प्रधान न्यायधीशलाई भेटेरै मार्ग प्रशस्त गर्न अनुरोध गर्ने कुरा प्रकाशमा ल्याएका छन् ।