भियतनामको अमेरिकासँग चीन र मेक्सिकोपछि बिश्वमा तेश्रो सबैभन्दा ठूलो ब्यापार बचत अर्थात् अधिशेष रहँदै आएको थियो । एशियाली राष्ट्रहरुले पटक पटक अमेरिकी आयातमाथि सबै भन्सार कर हटाउने दलिल दिदै तरलिकृत प्राकृतिक ग्यास र बिमान जस्ता अधिक अमेरिकी सामान किन्ने कशमै खाएको जस्तो स्थिति पनि देखिन्छ । बस्तुतः भियतनामले बिद्यमान भन्सार कर–युद्ध (टेरिफ–वार)भन्दा पहिला नै आयातमा भन्सार कर कम गर्ने प्रकृया शुरु गरिसकेको थियो ।
बिकसित अहिलेको बिश्व परिस्थितिमा भियतनामले के देखायो भने बिश्वका दुइ सबैभन्दा ठूला आर्थिक शक्ति र सैन्य शक्तिहरु अमेरिका र चीनका बीच चलिरहेको कर–युद्धका बीच २०२५ मा एउटा निकै राम्रो किसिमले सन्तुलित ब्यापार कूटनीति कसरी सञ्चालित गर्न सकिन्छ त्यो यतिबेला भियतनामले देखाइरहेको औंल्याइदैछ । हुन पनि ती दुबै देशहरुको यस दक्षिण पूर्ब एशियाली देश भियतनामसँग सबैभन्दा राम्रो ब्यापारिक सम्वन्ध छ जुन उदाउँदो अर्थब्यवस्था मध्येमा एक किसिमले दक्षिण–पूर्ब एशियामा एउटा अग्रणी देश पनि रहेको छ ।
भियतनाका उद्योग तथा ब्यपार मन्त्री गुएनहोङ्गडिएनले गएको २३ अप्रिलका दिन अमेरिकी ब्यापार प्रतिनिधि जेमीसेनग्रियरसँग टेलिफोनमा कुराकानी गरे र दुबै पक्षले छलफलका लागि सिद्धान्त र मार्गचित्रका बिषयमा निकै चर्चा गरे । भियतनाममा यही महिनाको आरम्भमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित ९० दिनको रोकको अबधि भित्र अमेरिकासँग आफ्नो ब्यापार सौदाबाजीलाई समाप्त पार्ने प्रयास गरिरहेको छ । ट्रम्पले गरेको पारस्परिक भन्सार कर दरहरुको घोषणा तुरुन्तै पछि मेक्सिको र ब्राजिलले यो अमेरिकी निर्णका बिरुद्ध तीब्र बिरोध गरे तर भियतनाम यसमा शान्त रह्यो र आन्तरिकरुपले सर्बोत्तम सम्भव बिकल्पका बारेमा मूल्यांकन गर्न शुरु ग¥यो ।
यसै महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाममाथि पनि ४६ प्रतिशत जतिको ठूलो भन्सार कर लगाउने धम्की दिएका थिए । वाशिङ्गटनले भियतनाममाथि संयुक्त राज्य अमेरिकालाई चिनियाँ निर्यातको सुबिधा दिने गरेको र बेइजिङ्गलाई भन्सार करबाट बच्ने अनुमति दिएको आरोप लगाएको थियो । वास्तवमा यो भियतनामका बिरुद्ध अमेरिकाको एउटा निकै नाजुक र संबेदनशील आरोप थियो । किनभने कम्युनिष्ट राष्ट्र जसले लामो समयसम्म अमेरिकाका बिरुद्ध र बिडम्बना के पनि भने आफ्नो सहयात्री कम्युनिष्ट राष्ट्र चीनका बिरुद्ध पनि लडाई लडेको थियो, उसका लागि बिश्वका यी दुइ महाशक्तिहरुलाई खुशी अर्थात सन्तुलन राख्नु एउटा ठूलो चूनौति नै थियो ।भियतनामा अमेरिकासँग बर्तमान बार्तामा त्यो चूनौतिपूर्ण कार्य गर्ने कोशिश गर्न गइरहेको देखिन्छ ।

सर्संरी हेर्दा २०२५ का तीन महिनामा संयुक्त राज्य अमेरिका भियतनामको सबैभन्दा ठूलो निर्यात बजार थियो । बास्तमा अमेरिकी बिदेशी कम्पनीहरु तीब्ररुपमा लगानी गर्नका लागि सबैभन्दा राम्रो गन्तब्यहरुमध्येमा एककोरुपमा भियतनामलाई लिइरहेको छ । चीनसँगको बर्तमान ब्यापार युद्धका सन्दर्भमा चीन स्थित केही अमेरिकी कम्पनीहरु भियतनाममा परिचालन स्थानान्तरिक गरिरहेका छन् जुन प्रत्यक्ष बिदेशी लगानीमाथि एउटा नयाँ नीतिकासाथ तरयार रहेका छन् । भियतनामा अमेरिकालाई अप्रसन्न तुल्याउन चाहन्न किनकि भियतनामी अर्थब्यबस्थाको अझ अग्र बिकासका लागि ठूला सम्भावनाहरु प्रदान गर्दछ तर साथै भियतनामले चीनसँग पनि मित्रबत सम्बन्ध राखिरहेको बिश्वका अर्थ बिश्लेषकहरुले औंल्याइरहेका छन् ।भियतनामको व्यापार मन्त्रालयले आफ्ना अधिकारीहरुलाई अमेरिकी प्रतिबन्धहरुबाट बच्नका लागि मालको उत्पादनमा नियन्त्रण कडा तुल्याउन आदेश दिएको छ । समग्र प्रतिकृया त अहिलेसम्म निर्धारण भइसकेको छैन तर बितेको साता चीनका राष्ट्रपति शी निजपिङ्ग भएको बिचार बिमर्शको आलोकमा भियतनामले यसै गर्ने देखिन्छ जसले एशियाका सबै ब्यापारिक देशहरुसँग अमेरिकी राष्ट्रपतिद्वारा एकतर्फी लगाएको उच्च भन्सार दरको बिरोध गर्ने आह्वान गरेको थियो । शी जिनपिङ्गले बेइजिङ्गको खर्चमा अमेरिकासँग ब्यापार सौदा गर्ने अन्य देशहरुकाप्रति आफ्नो बिरोधलाई जाहेर गरेको छ । त्यो भियतनामका लागि पनि थियो । किनभने भियतनामका निर्माता अमेरिकी बजारमा निर्यात गरिने उत्पादनहरुबाट ठूला मात्रामा चिनी उपकरणहरुको उपयोग गरिरहेका छन् ।
हुन पनि भियतनामा २०२४ मा चिनीयाँ बस्तुहरु किन्ने दक्षिण पूर्बी एशियाका देशहरुमा सबैभन्दा ठूलो क्रेता थियो, जसको खरिद बिल १६१.९ बिलियन डलर पुगेको थियो । यसकारण यो मुद्दा भियतनामका लागि बहुतै महतवपूर्ण छ । किनभने अमेरिकाका लागि निर्यात गरिने एउटा ठूलो हिस्सा चिनीयाँ हिस्सा हुन्छ, जसमाथी ट्रम्पको बर्तमान स्थितिका अनुसार प्रतिबन्ध लगाइएको छ
गत बर्ष भियतनामको अमेरिकासँगको चीन र मेक्सिको पछि बिश्वको तेश्रो सबैभन्दा ठूलो ब्यापार बचत रहेको थियोि । एशियाली राष्ट्रहरुले बारम्बार अमेरिकाको आयातमाथि सबै करहरु हटाउने प्रस्ताब राख्दै तरलीकृत प्राकृतिक ग्यास र बिमान जस्ता बढी मेशिनरी सामान किन्ने कशम खाएका छन् । बास्तवमा भियतनामले बिद्यमान भन्सार कर युद्धभन्दा पहिला नै अमेरिकी आयातमाथि भन्सार कर कत गर्ने प्रकृया शुरु गर्न थालेको थियो ।
भियतमा एयरलाइन्स र भियतकम बैकहरुले गएको २४ अप्रिलका दिन ५० वटा बिमान किन्ने बित्तीय पोषणका लागि एउटा अन्तिम ब्यापार सम्झौतामा हस्ताक्षर गर्ने घोषणा गरे जुन राष्ट्रिय बाहकका लागि ५० बोइङ्ग ७३७ म्याक्स बिमान किन्ने आफ्नो २०२३ को प्रतिबद्धतालाई पूरागर्ने भियतनामको प्रयासको एउटा अंश हो । चलिरहेको बयापार बार्ताको एउटा अंशकारुपमा लकहीड एफ – १६ लडाकु बिमान खरिद गर्ने प्रस्ताव रहेको छ ।
बर्तमान भन्सार कर युद्धको लाभ उठाउँदै भियतनामा प्रतिस्पद्धी महाशक्तिहरु अमेरिका र चीन दुबैसँग राम्रो सम्बन्ध कायमा राख्ने र दक्षिण पूर्ब एशियामा सबैभन्दा सम्पन्न अर्थब्यवस्थाकोरुपमा उदाउने आफ्नो लक्ष प्राप्त गर्नका लागि निरन्तर अग्रसर भइरहेको देखिन्छ ।