शनिबार, आश्विन १७ गते २०८३

मस्तिष्कको प्रदूषण

कार्तिक ८, २०७८ सोमबार
मस्तिष्कको प्रदूषण
puja acharya.jpg
पूजा आचार्य 
सत्ता, स्वामित्व, स्वार्थ र स्वाभिमान टिकाउन
उसले के गरेन
छँदाखाँदाको सुन्दर पृथ्वीमा ध्वंसको बीउ रोप्यो
विभाजनका मानचित्रहरू कोर्‍यो
रगतका रङहरूले बाँध्यो स्वार्थको साँध-सीमाना
मानिसलाई 'स्व'को मोहमा लठ्याउन
धर्म, जात, जाति, रङ, रूपहरू फरक देखाउँदै
गिदीभरि, छातीभरl, मनभरि
शङ्का र घृणाको बिउ होइन अरन्यै रोपिदियो
अर्कै चस्मा भिरायो मानिसका आँखाहरूमा
रङ मात्र देखिने मानिस नदेखिने
हल्ला धेरै भयो
ग्लोबल वार्मिङ, पर्यावरण दूषित कति कति
जबसम्म मानिसले आफ्नो मस्तिष्कमा, मनमा, चाहनामा, चेतनामा, हरिया बिरुवा लगाउँदैन
शान्तिको चिसो पानीको झरना बगाउँदैन
मानवताको पर्यावरण झन झन बिग्रन्छ
अर्थहीन हुन्छ्न् अरू सबै कसरतहरू
 
पूजा आचार्यको मुहारपुस्तिकाबाट : साभार
 
Captureplant.png