शुक्रबार, कार्तिक ७ गते २०८३

मातातीर्थ औंशीमा मध्यपुर थिमि सहकारीद्वारा आमाहरुलाई सम्मान


बैशाख १४, २०८२ आइतबार
मातातीर्थ औंशीमा मध्यपुर थिमि सहकारीद्वारा आमाहरुलाई सम्मान

 

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि सहकारीले समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ औंशीको अवसरमा आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध रहेका ६० वर्ष  पुगेका आमाहरूलाई पूर्वीय संस्कार अनुसार टिका लगाइदिएर उपहार दिएर सम्मान गरेको हो । ‘जीवित भगवान रुपी आमाहरूको सम्मान, सभ्य समाजको पहिचान’ भन्ने नाराका साथ संस्थाले ५७ जना आमाहरूलाई संयुक्त रुपमा सम्मान गरेको संस्थाका सचिव अनिल श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सबै सहकारीलाई एउटै नजरले हेर्न नहुने बताउनु भयो । उनले जेष्ठ नागरिक आमाहरूलाई वित्तीय संस्थाहरूमा हालै देखिएको विचलनहरूप्रति सचेत रहन आग्रह गर्दै वडाध्यक्ष श्रेष्ठले सामाजिक कार्य गर्दै आएका, वार्षिक साधारण नियमित गर्ने गरेका, आफ्ना सदस्यहरूप्रति जवाफदेही रहेका तथा सहकारी नीति बमोजिम सञ्चालनमा रहेका र स्थानीयबासिन्दाले सञ्चालन गरेको संस्थामा तुलनात्मक रूपमा कम समस्याहरू देखिएको उल्लेख गरे । 

सीमित गलत सहकारी संस्थाहरूको कारणले गर्दा सम्पूर्ण सहकारी अभियान नकारात्मक रूपमा प्रभावित भइरहेको जनाउँदै उनले करिब ३० हजारको संख्यामा रहेका नेपालका सहकारी संस्थाहरु केही गलत नियत भएका सञ्चालकले चलाएका संस्थाका कारण प्रभावित हुनुपरेको तीतो यथार्य रहेको विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

mata samm an.jpg