शनिबार, आश्विन १७ गते २०८३

अर्थमन्त्री र बेलायती राजदूतबीच जलवायु परिवर्तनको असर बारे छलफल

कार्तिक ७, २०७८ आइतबार
अर्थमन्त्री र बेलायती राजदूतबीच जलवायु परिवर्तनको असर बारे छलफल

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोल्लिटबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको थियाे। 

भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको छ। साथै पुनस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ। 

यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराएका छन्। यस्तै  जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ ९सीओपी २६० मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल गरिएको थियो ।