काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले ललितपुरको गोदावरी न.पा .१४, ठैबमा एक सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।
आफ्नो स्थापनाको २४ औं वर्ष पुरा गरेको अवसरमा सेवा केन्द्र विस्तार गरेको हो । निवर्तमान अध्यक्ष एवं विश्व श्रम संगठनको गभर्निङ कमिटीका सदस्य योगेन्द्रकुमार कुँवरको प्रमुख आतिथ्यतामा कार्यालय उद्घाटन गरिएको हो
कार्यक्रममा गोदावरी न पा वडा नं ३ को वडाध्यक्ष सानुराजा घिमिरे र वडा नं १४ का वडाध्यक्ष निरोज बज्राचार्य लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा स्टार हस्पिटल सानेपा ललितपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको अयोजना गरिएको थियो ।
ललितपुरको पुल्चोकमा अवस्थित साविक पाटन बहुउद्देश्यीय सहकारी संस्था र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाविच एकीकरण भई उक्त संस्थाको एक सेवाकेन्द्र गोदावरी स्थापना गरिएको हो ।
प्रमुख अतिथि कुँवरले सहकारीको छवी खस्कँदो अवस्थामा रहेको वर्तमान समय चन्द्रागिरिले समुदामुखी र सहकारी सिद्धान्त र मुल्य अनुरुपको सेवा प्रवाह गर्दै सहकारीले बैंक भन्दा बढि सेवा दिन सक्ने कुरा पुष्टी हुने गरी अगाडी बढ्न सुझाव दिए ।
वडा नं ३ का वडाअध्यक्ष सानुराजा घिमिरेले चन्द्रागिरि साकोसले सदस्य र समुदायको लागि आवश्यक पर्ने विविध पक्ष सहित सेवा प्रदान गरेको कुरा आफ्ले बुझेको र सहकारी कार्यक्रममा आउन सोच विचार गर्नुपर्ने अवस्था भएपनि चन्द्रागिरिको कार्यक्रममा उपस्थित हुँदा आफु ढुक्क भएको विचार राखे ।

संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले २४ औं स्थापना दिवस तथा सेवाकेन्द्र उद्घाटनको अवसरमा संस्थाका सदस्य, संस्थापक, पूर्वसञ्चालक, कर्मचारी व्यवस्थापन लगायत नेफ्स्कुन, राष्ट्रिय सहकारी बैंक र प्रदेश तथा जिल्ला तहका छातासंघहरु, नियामक निकाय, सञ्चारजगत र सरोकारवालाहरु प्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दै संस्थालाई सुरक्षित र भरपर्दो सहकारी गन्तव्य बनाउने प्रतिवद्धता व्यक्त गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार वि.स. २०५८ साल बैशाख ६ गते २५ जना सदस्य र २५ हजार रकम सहित तत्कालिन महादेवस्थान गाविस र आसपासबाट बाट शुरुवात भएको चन्द्रागिरि साकोसमा हाल २१ हजारको ९ सय सदस्य, ३ अर्ब ६३ करोड रुपैयाँको कुल सम्पत्ति, ३ अर्ब रुपैयाँ बचत, २ अर्ब ३० करोड रुयौयाँ ऋण लगानी र २१ करोड रुपैया संस्थागत पुँजी पुगेको जानकारी दिए ।
सदस्यरुलाई ७ प्रकारका सामाजिक सुरक्षा सम्बन्धी सुविधा, ४ प्रकार अन्य सेवाहरु र ५ प्रकारका डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल संस्थाले काठमाण्डौं, ललितपुर र धादिङको धुनीबेसी नपा र थाक्रे गाउँपालिकाका समुदायलाई सेवा प्रवाह गरिरहेको छ ।
नेपालपत्र संवाददाता