आइतबार, आश्विन १८ गते २०८३

वैदेशिक रोजगारबाट भित्रिने पुँजीलाई कुल ग्रार्हस्थ्य उत्पादनमा लगाउन सकिने


चैत्र २९, २०८१ शुक्रबार
वैदेशिक रोजगारबाट भित्रिने पुँजीलाई कुल ग्रार्हस्थ्य उत्पादनमा  लगाउन सकिने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्दै कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान पुर्याउन  जोड दिएका छन् । 

 नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई भरपुर सदुपयोग गर्ने आधारहरू निर्माणमा सरकार प्रयासरत रहेको बताए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने व्यवसायीहरुको प्रयासमा सरकारसँगै रहेको अर्धमन्त्री पौडेलको भनाइ छ ।

  “एक महिनाभित्र युरोपको मागपत्र प्रमाणीकरण गर्छौं । वार्षिक १०० कामदार पठाउने कम्पनीको मात्र नवीकरण गर्ने प्रावधान हटाउने गरी ऐन संशोधन भइसकेको छ”, उनले भने । संघका अध्यक्ष राजेन्द्र भण्डारीले समयसापेक्ष ऐन, नियम परिमार्जनमा आवश्यक पहलका लागि आग्रह गर्दै सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए ।