शुक्रबार, कार्तिक ७ गते २०८३

पियोर इनर्जीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने


चैत्र १८, २०८१ सोमबार
पियोर इनर्जीले  सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

पियोर इनर्जी लिमिटेडले  आगामीचैत २८ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र ९बाँकेका स्थानीय बासिन्दा० र १ लाख ४४ हजार कित्ता शेयर  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो ।