काठमाण्डो । पुराना कम्युनिष्ट नेता तथा पूर्ब राजदूत कमल कोइरालाको केएमसी अस्पतालमा निधन भएको छ । गएको मंगलबार लडेर घाइते भएका उहाँको उपचारको क्रममा आज निधन भएको हो।
पूर्वप्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाका छोरा उहा दक्षिण कोरियाका लागि नेपालका राजदूत भएर पनि काम गरेका थिए। उनी सुक्ष्म राजनीति बिश्लेषक तथा लेखक पनि हुनुहुन्थ्याे
निधन हुनुभएका कोइरालाको शब अन्तिम श्रध्दाञ्जलीको लागि भोली साेमबार ११ बजेदेखि नेकपा(एस)को केन्द्रिय कार्यालय शहीदनगरमा राखिने जानकारी दिइएको छ।
नेपालपत्र संवाददाता