आइतबार, आश्विन १८ गते २०८३

लगानीका लागि कानुनी अडचन हटाउन र संविधान अनुसारको नागरिकता दिन एनआरएनएको माग


चैत्र १७, २०८१ आइतबार
लगानीका लागि कानुनी अडचन हटाउन र संविधान अनुसारको नागरिकता दिन एनआरएनएको माग


उद्योग बाणिज्य तथा आपूर्ति  मन्त्री दामोदर भण्डारीले सरकारले लगानीको वातावरण बनाएपनी अझै गर्नुपर्ने काम धेरै रहेको बताएका छन् ।  माल्टामा जारि १६ औ युरोप क्षेत्रिय सम्मेलन लाई सम्बोधन गर्दै  उनले भारत र चीनको उदाहरण दिदै लगानीका लागि राजनीतिक स्थायीत्व जरुरी रहेको  जनाए ।‘अहिले सरकारको प्राथमिकतामा नितिगत सुधार गर्ने छ।हाम्रा कानुन धेरै बोझिला छन्।त्यसैले मिलाउन पर्ने धेरै छ।प्रणालीगत समस्यालाई सुधार्न भनेरै अध्यादेश ल्याइएको हो।’ उनले भने, ‘अब कुनैपनि फाइल अनुसारको काम गर्नलाई ७ दिन भन्दा धेरै लगाउन पाइदैन।काम नहुने रहेछ भनेपनि के कारणले भएन भनेर उपयुक्त जबाफ दिन पर्छ।’  उनले  अब विदेशमै बसेर नेपालमा उद्योग दर्ता गर्न सकिने बताए ।

अब लाइनबाट नभइ अनलाइनबाट काम हुने भन्दै लेसम्मेलनमा उठेका जिज्ञासालाई प्रधानमन्त्री समक्ष पुर्याएर समस्या समाधान पहल गर्ने उनले जनाए  । एनआरएनए अध्यक्ष बद्री केसीले लगानी गर्दा विदेशीलाई जस्तो न्युनतम र उच्चतम भनिरहन जरुरी नरहेको बताए । ‘नेपालमा लगानी गर्न चाहने नेपाली प्रशस्त छन तर नेपाल लगानी सम्मेलन गर्ने बेला एनआरएनएलाई विर्सिन्छ।एनआरएन कानुनलाई अगाडी ल्याइदिन पर्यो,आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको कानुन ल्याउन पर्यो भनेर हामीले भनिरहेका छौ।’उनले भने ‘गैर आवासीय नेपालीले जस्तो विदेशी लगानी लैजान कसैले सक्दैन।हाम्रा छोराछोरीलाई नेपालसँग जोड्न नेपालमै लगानी गर्न पर्छ।तर सरकारले अहिले नागकरिकताको खोष्टो मात्र देखाएर हामीलाई निराश बनाएको छ।’  उनले आफ्नो डिउटी नै गैरआवासीय नेपालीका लगानीको वातावरण बनाउने अनि संविधान अनुसारको नागरिकताका  लागि सिंहदरबार धाउनु रहेको बताए ।

एनआरएनएका उपाध्यक्ष हेमराज शर्माले एनआरएनए भित्रको विवादलाई लिएर अनावश्यक भ्रम फैलाउन खोजिएको बताए  । एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडाले संविधान अनुसारको नागरिकता दिन ढिलाइ गरिएको भन्दै असन्तुष्टि व्यक्त  गरे । 
एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले युरोपमा महिला आउने क्रम बढेकाले धेरै सचेतता अपनाउन पर्ने बताए ।‘कतिपय अवस्थामा काम गर्ने अवस्थामा महिलालाई धेरै पेलाएको अनि शोषण गरेको समेत पाइएको छ। त्यसैले हामी सचेत हुन जरुरी छ।’ उनले भनिन्यो, ‘महिलाहरालाई मानसिक स्वास्थ्य समस्या बढेको छ।त्यसैले युरोफमा आउदा पहिला आफ्नो काम र काम गर्ने कम्पनीबारे बुझ्न जरुरी छ।’ एनआरएनएकी सचिव टिका गुरुङले विश्व बजारमा गुन्द्रक कोदोको पिठो फापर हस्तकलाका सामानहरुको माग बढेको भन्दै नेपाली उत्पादनलाई विश्व बजारमा ब्राण्ड बनाउन सकिने बताइन्। 

१६ औं युरोप क्षेत्रीय सम्मेलनको दोश्रो दिनमा बोल्ने अभियानताहरुले राजनीतिक,स्थिरता र लगानीको वातावरण बनाउन नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन्। गैरआवासीय नेपाली संघ ९एनआरएन०का अभियान्ताहरुले लगानीका लागि स्पष्ट कानुन र संविधानले तोके अनुसारको नागरिकतामा जोड दिएका थिए । माल्टामा भइरहेको १६ औं युरोप क्षेत्रीय सम्मेलनको दोश्रो दिन बोल्ने सहभागिहरुले नेपाल सरकारका उद्योग मन्त्री दामोदर भण्डारीसँग आफ्ना जिज्ञासा र गुनासा समेत राखेका थिए। एनआरएनए स्वास्थ्य कमिटीका संयोजक डा सुनिल शाहले लगानीका लागि राजनीतिक स्थिरता जरुरी रहेको भन्दै नेपालमा अझै पूर्वाधारको विकास भइनसकेको बताए  ।
एनआरएनएका सचिव स्वतन्त्र प्रताप शाहले लगानीका लागि वातावरण भएन भनेर मात्र नहुने बताए  । संकटका बेलामा समेत लगानी गर्ने ठाउँ भेटिने  उनको  भनाई थियो।