शनिबार, आश्विन १७ गते २०८३

आइएमई डबलको डबलको डबल अफरमा रेखा र गोकुलले पाए चार गुणा बढी रकम

कार्तिक ५, २०७८ शुक्रबार
आइएमई डबलको डबलको डबल अफरमा रेखा र गोकुलले पाए चार गुणा बढी रकम


आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत आश्विन महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका हुन । 

फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । चर्चित स्टोरी टेलर साइग्रेशले सिस्टममा आधारिक स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरिएको थियो । उनीहरूले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट  अफर अवधिमा क्रमशः ३२ हजार ९ सय ८६ र ४१ हजार २ सय २२ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । 

 आइएमईले उनीहरू वा निजको सिफारिसमा  निकटका आफन्तलाई पठाएको रकमको चार गुणा बढी रकम उपहार स्वरूप प्रदान गर्नेछ । यसैगरी तेस्रो र चौथो हप्ताका विजेता पनि सार्वजनिक गरिएको छ । साप्ताहिक विजेता अन्तर्गत सुनिल मगर, छत्र बहादुर जिमी, विकाश खजुम र भानु आचार्य छनोट भएका छन । उनीहरुलाई पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्रदान गरिनेछ । आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ गतेसम्म कूल ५७ दिनका लागि अहिले संचालनमा रहिआएको छ ।