इलाम । गएको सोमबार बेलुकादेखि परेको बेमौसमी अबिरल बर्षाको कारण आएको बाढी र पहिरोमा परेकार इलाममा एकै घरका चार जना सहीत अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
खबर अनुसार त्यसरी मृत्यु हुनेमा पहिरोले पुरेर ११ जना र एकजना खोलाले बगाएर अनि अर्को एकजना रुखले किचेर मृत्यु भएको हो । अझै पहिरोमा परेका २ जना बेपत्ता नै छभने ४ जना घाइते रहेको इलाम प्रहरीले जनाएको छ ।

यसरी अकाल मृत्यु हुनेहरुमा फाकफोकथुन गाउँपालिका एकै घरका ४ जना सहीत ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । फाफोकथुम १ की ३० बर्षकी बिना शेर्मा, १४ बर्षका आइतबहादुर रार्इू वडा ३ का ८६ बर्षका नैनसिंह कटुवाल,७५ बर्षकी रणजिता थापा, १५ बर्षकी निशाना कटुवाल र १२ बर्षका निश्चित कटुवालको पहिरोमा परी निधन भएको प्रहरीले उल्लेख गरेको छ ।

त्यसरी नै माङसेबुङ गाउपालिका ६ का ५३ बर्षका हरिप्रसाद राई, २९ बर्षकी कबिता राई, सूर्योदय नगरपालिका ३ की ४९ बर्षकी बिष्णुमाया तामाङ्ग र १७ बर्षका बिशाल तामाङ्गको पनि पहिरोमा परी ज्यान गएको छ । त्यसरी नै देउमाई नगरपालिका २ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर मृत्यु भएको छ भने माई नगरपालिका ३ की २५ बर्षकी तेजमाया राईको स्थानीय बेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । माङ्गसेबुङ्ग ६ का ८२ बर्षकी रनेश्वरी राइृ त्यसै वडाकी ५३ बर्षकी हरिमाया राई पनि पहिरोमा परेर बेपत्ता रहेको प्रहरीले उद्धृत गरेको छ ।