शुक्रबार, कार्तिक ७ गते २०८३

संघीय सहकारी विभागको रजिष्ट्रारमा ढुङ्गाना


चैत्र ६, २०८१ बुधबार
संघीय सहकारी विभागको रजिष्ट्रारमा ढुङ्गाना

 

संघीय सहकारी विभागको रजिष्ट्रारमा उमेश ढुङ्गाना नियुक्त भएका छन् । यसअघिका रजिष्ट्रार पिताम्बर घिमिरेको सरूवा भएसँगै ढुङ्गाना विभागको रजिष्ट्रारमा नियुक्त भएका हुन् । घिमिरेको सरूवासँगै विभागको रजिष्ट्रारको पद रिक्त रहेको थियो । उनको सरूवा भएको झण्डै २ साता पछिमात्र रजिष्ट्रारको टुंगो लागेको हो । 

सरकारले अध्यादेशमार्फत् सहकारी नियमन प्राधिकरण गठन गरेसँगै अब विभागमा रजिष्ट्रार भएर आउन आकर्षण कम भएर गएको छ । २५ करोडभन्दा माथि वित्तीय कारोबार गर्ने संस्थाको नियमन प्राधिकरणमार्फत् गरिने भएको छ । यससँगै विभागको भूमिका र काम समेत घटेर गएकाले रजिष्ट्रार पदमा आकर्षण घटेर गएको हो ।