शुक्रबार, कार्तिक ७ गते २०८३

प्रतिष्थापन विधेयक संसदमा दर्ता, सहकारीमा बचतको सीमा प्राथमिक पुँजीकोषको १० प्रतिशत हुने


फाल्गुण २५, २०८१ आइतबार
प्रतिष्थापन विधेयक  संसदमा दर्ता, सहकारीमा बचतको सीमा प्राथमिक पुँजीकोषको १० प्रतिशत हुने

 

सहकारी सम्बन्धी प्रतिष्थापन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । सहकारी संस्थाका सदस्यलाई व्यक्तिगत बचतको सीमा प्राथमिक पुँजीकोषको १० प्रतिशतसम्म हुन सक्ने गरी साे प्रतिष्थापन विधेयकमा प्रस्ताव गरिएको छ ।

यस अघि अध्यादेशमार्फत आएको सहकारी सम्बन्धी केहि नेपाल ऐन संशोधन गर्दै संस्थाको कार्यक्षेत्रको आधारमा व्यक्तिगत बचतको अधिकतम सीमा १० लाख, २५ लाख र अधिकतम ५० लाखसम्म हुने व्यवस्था गरिएको थियोे । 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले केहि बुँदामा संशोधनसहित विधेयक संसद सचिवालयमा गरिएको बताएका हुन् । सहकारी अभियान र सहकारी विज्ञसँगको परामर्श र अन्तर्राष्ट्रिय प्रचलनलाई मध्यनजर गर्दै प्रतिष्थापन विधयकमार्फत दायरा फराकिलो तुल्याइएको मन्त्री अधिकारीको भनाई छ । 

प्रतिस्थापन विधेयकमा ब्यक्तिगत बचतको सिमा सहकारीको पूँजीकोषको १० प्रतिसत सम्मगर्न पाउने प्रस्ताव राखिएको छ । त्यसैगरी ऋण लगानीतर्फ एक जना सदस्यलाई सहकारीले आफ्नो पूँजीकोषको १५ प्रतिशतसम्म गर्न पाउने छ। बचत गर्दा १० लाख भन्दा बढिको श्रोत देखाउनु पर्ने, लेनदेन बिवादमा बचतकर्ता र संचालकका बीचमा मिलापत्र हुनसक्ने प्रावधान राखिएको छ। 

प्रतिष्थापन विधेयकमा कर्जा असुली न्यायधिकरण गठनको प्रावधान र बिधि, त्यसैगरी बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको स्पष्ट ब्यवस्था गरिएको छ । कुनै सहकारीलाई समस्याग्रस्त घोषणा गर्न कुल सदस्यको २५ प्रतिशतले उजुरी दिनुपर्ने प्रावधानलाई १० प्रतिशतमा झारिएको छ ।  समस्याग्रस्त सहकारी घोषणासंगै एउटा विज्ञ टोली गठन गरेर काम छिटोछरितो रूपमा सम्पादन गर्ने ब्यवस्था प्रतिष्थापन विधेयकमा रहेकाे छ ।