अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हरेक वर्ष मार्च ८ मा मनाइन्छ। यस दिवसको सुरुवात श्रमिक महिलाहरूको अधिकार, समानता, र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यले भएको थियो। यसले महिलाहरूको योगदानलाई सम्मान गर्न, उनीहरूप्रति ऐक्यबद्धता देखाउन, र लैङ्गिक असमानता र विभेदका चुनौतीहरूसँग लड्नको लागि विश्वभरका महिला समुदायहरूलाई एक ठाउँमा ल्याउँछ। एक शब्दमा भन्ने हो भने यो दिन बर्गीय शोषण र सामाजिक उत्पीडनका बिरूध्द बिश्वभर चलाइने बिश्व अन्देलन हे । यस अबसरमा हामीले बिश्व महिला श्रमिक अन्देलनका अगुवा क्लारा जेटकिन र रोजा लक्जेम्बर्गलार्इ बिशेषरूपमा सम्झन र सम्मान गर्न पर्ने हुन्छ ।
ऐतिहासिक पृष्ठभूमि
श्रमिक महिला दिवसको सुरुवात १९०८ मा न्यूयोर्कमा श्रमिक महिलाहरूले १० घण्टाको काम, उचित तलब, र समान अधिकारका लागिको आन्दोलनबाट भएको मानिन्छ। १९०९ मा अमेरिकाको समाजवादी पार्टीले पहिलोपटक राष्ट्रिय महिला दिवस मनाएको थियो। त्यसको एक बर्ष पछि १९१० मा कोपेनहेगनमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन जसमा १७ देशका १०० जना महिला सहभागी थिए, त्यसमा जर्मनी महिला समाजबादी नेतृ क्लारा जेट्किनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन प्रस्ताव राखिन्। त्यस प्रस्तावलाई एकमतले स्वीकृत गर्दै १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, र स्विट्जरल्यान्डका लाखौं महिलाहरूले पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस धूमधामले मनाए। त्यसमा क्लारा जेटकिन र रोजा लक्जेम्बर्गको बिशेष अग्रज भूमिका रहेको थियो ।
ऐतिहासिक घटना र श्रमिक आन्दोलन
तर पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कुन दिन मनाउने निश्चित भएको थिएन ।सन्र १९१७ मा रूसमा महिला कामदारहरूले श्रमिक महिला दिवसको अवसरमा हड्ताल गरे। उनीहरूको आन्दोलनले जारशाही बिरोधी निर्णायक रूसी क्रान्तिको सुरुवात गर्यो र सफल भयो । जारको सत्ता समाप्त भयो । त्यसले यस दिनको महत्त्वलाई थप अझ पुष्टि गर्यो र त्यसपछिदेखिनै हरेक बर्ष ८ मार्चका दिन यो श्रमिक महिला दिवस बर्षैपिच्छे यस ८ मार्चका दिन मनाउन थालियो। पछि १९७५ मा संयुक्त राष्ट्रसंघले पनि पहिलो पटक महिला वर्ष घोषणा गर्दै ८ मार्चलाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मान्यता दियो र अहिले सबैले यसै दिन यो दिवस मनाउँदछन् ।
दिवसको मुख्य उद्देश्य र श्रमिक महिलाको संघर्ष
श्रमिक महिलाहरू राजनीतिक, अर्थिक, सामाजिक तथा साँस्कृतक हरेक क्षेत्रमा हुने बर्गीय शेषणा र सामाजिक उत्पीडनकले हरेक क्षेत्रमा हुने शोषण र उत्पीडन अन्त्य गर्न र सामाजिक न्याय, समानता, स्वतन्त्रता र सम्बृध्दिका निम्ति यो अन्दोलनको महत्वपूर्ण एतिहासिक दिनलार्इ सम्झिने र प्रेरणा लिने गर्दछन् । अनि सबै किसिमका भेदभाबका बिरूध्द विशेषगरी विकासोन्मुख देशहरूमा, श्रमिक महिलाहरूले कृषि, निर्माण, र घरेलु काम जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान दिने भए तापनि उनीहरूको कामलाई अक्सर अनदेखा गरिने गरेको, लैंगिक हिंसा, उत्पीडनका बिरोधमा संघर्ष केन्द्रित गर्दै रहेका छन्
संघर्ष र उपलब्धि
श्रमिक महिलाहरूले लामो समयसम्म विविध प्रकारका संघर्षहरू सामना गरेका छन्। उनीहरूको योगदानले समाजमा लैङ्गिक समानताको मार्ग प्रशस्त गरेको छ। विश्वभरका महिलाहरूले समान तलब, प्रसूति अधिकार, र हिंसामुक्त कार्यक्षेत्र समेतका लागि आवाज उठाएका छन् कतिपय उपलब्धीहरू प्राप्त पनि गरेका छन् । यी उपलब्धिहरू दिवस मनाउने प्रेरणाको मुख्य आधार हो।
वर्तमान समयको महत्त्व
आजको समयमा पनि श्रमिक महिलाहरूले कामका बिभन्न क्षेत्रमा विभेद, यौन उत्पीडन, र कम अवसरको सामना गर्नुपरिरहेको छ। सूचना प्रविधिको यो उन्नत युगमा समेत महिलाहरूले नेतृत्व तहमा अवसर पाउ न अझै पनि चुनौती महसूस गर्छन्। यो दिवसले यी र यस्तै अनय समस्याहरूको समाधानका लागि नीति निर्माताहरूलाई मार्गदर्शन पनि गर्छ।
शिक्षा र सशक्तिकरण
महिला सशक्तिकरणका लागि शिक्षाको भूमिकालाई यो दिवसले विशेष जोड दिन्छ। शिक्षित महिलाले परिवार, समाज र कार्यस्थलमा ठूला परिवर्तन गर्न सक्छन्।सचेत, संगठित र संघर्षशील बनेर राष्ट्रिय भूमिका निर्बाह गर्न पनि अग्रसर हुन सक्छन् ।
नारा र अभियान
हरेक वर्ष दिवसका लागि फरक-फरक नारा र अभियान तय गरिन्छ। यसले विशेष विषयलाई जोड दिँदै महिला अधिकारका विभिन्न पाटा उजागर गर्छ। यी अभियानहरूले जनचेतना फैलाउन र समाजको ध्यान आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।
निष्कर्ष
८ मार्चको दिन केवल उत्सवको दिन मात्र नभएर श्रमिक महिलाहरूका अधिकार, संघर्ष, र योगदानलाई सम्झने अवसर हो। यसले पुरुष र महिलाबीचको असमानतालाई अन्त्य गर्न, महिला सशक्तिकरणलाई बढावा दिन, र समानताको आधारमा समतामूलक समाज निर्माण गर्ने मार्ग प्रशस्त गर्छ।
यस दिवसले महिलाको संघर्ष र उपलब्धिलाई मात्र होइन, तिनका समस्या समाधान गर्न आवश्यक कदम उठाउन सरकार, संस्था, र समाजलाई प्रेरित गर्छ। यो सबैका लागि प्रेरणा र ऐक्यबद्धताको प्रतीक हो। यसलाइर्इ सही दिशा दिन सक्यो भने यसले आमूल अग्रगामी परिबर्तनको शतत उन्नयनको मार्ग प्रशस्त गर्दछ ।
नेपालपत्र संवाददाता