निःशुल्क या नाम मात्रकाे शुल्क लिएर शिक्षा दिने देशहरू
नर्वे
नर्वेमा स्वदेशीलाई मात्र होइन बिदेशी बिद्यार्थीहरुलाई पनि नि:शुल्क शिक्षा प्रदान गरिन्छ । त्यहाँ स्नातक(ग्रेजुएशन), उत्तर स्नातक(पोष्ट ग्रेजुएशन)का साथै डक्टरेट स्तरसम्मको शिक्षाका लागि शुल्क लाग्दैन ।
जर्मनी
जर्मनी पनि बिश्वको एउटा त्यस्तो देश हो शिक्षा नि:शुल्क छ । जर्मनीमा पनि स्वदेशीकासाथै बिदेशी बिद्यार्थीले पनि नि:शुल्क शिक्षा प्राप्त गर्ने गर्दछन् । साथै सरकारी बिश्व बिद्यालयहरुमा पिन बिद्यार्थीहरुलाई नि:शुल्क पढाउने गरिन्छ ।
फिनल्याण्ड
यूरोपको एकदमै सानो देश फिनल्याण्डमा पनि शिक्षाका लागि एकदमै सजग छ र त्यहाँको यूवाहरुलाई अगाडि बढाउनका लागि नि:शुल्क शिक्षा प्रदान गर्ने गरिन्छ । त्यहाँ बिद्यार्थीहरुलाई स्नातक(ब्याचलर) र स्नातकोत्तर(.पोष्ट ग्रेजुएन)० गर्न कुनै शुल्क लाग्दैन ।
स्वीडेन
स्वीडेनमा पनि स्वदैशी बिद्यार्थीहरुकासाथै यूरोपेली संघ र यूरोपेली आर्थिक क्षेत्रमा सामेल देशका बिद्यालाई नि:शुल्क पढाई गरिन्छ । अरु बिदेशी बिद्यार्थीहरुले नाम मात्रको थोरै शुल्कमा पढ्न पाउँदछन् ।
अष्ट्रिया
यहाँ पनि त्यो देशका मूल निवासी बिद्यार्थी निशुल्क पढ्न पाउँदछन्। कुनै पनि पाठ्यक्रम पूरा गर्न त्यहाँ कुनै किसिमको शुल्क लाग्दैन ।
फ्रान्स
फ्रान्सका सरकारी बिश्वबिद्यालयहरुमा पढ्ने बिद्यार्थीहरुले कुनै पनि शुल्क तिर्नु पर्दैन । साथै त्यहाँ उच्च शिक्षा पनि प्राय: निशुल्क जस्तै छ भने कतिपय बिद्यालहरुमा भने बिद्यार्थीले थोरै शु्ल्क तिर्नु पर्दछ ।
चेक गणतन्त्र
चेक गणतन्त्रमा पनि आफ्ना नागरिकर्लाइ नि:शुल्क शिक्षा दिइन्छ । अनि बिदेशी बिद्यार्थीहरुले त्यहाँ पढ्ने हो भने उनीहरुले चेक भाषा पढेको हुनु पर्दछ ।
ग्रीस
ग्रीसमा पूर्ण निशुल्क त छैन शिक्षा । तर शिक्षा शुल्क अत्यन्तै कम छ । स्वदेशी नागरिकहरुका साथै बिदेशी बिद्यार्थीहरुलाई पनि अत्यन्तै न्यून शुल्कमा त्यहाँ शिक्षा हासिल गर्न सक्तछन् ।
स्पेन
यो देश पनि नि:शुल्क शिक्षा प्रदान गर्ने देशहरुमध्यै मै पर्छ। बिद्यार्थीले त्यहाँ शिक्षा हासिल गर्न नाम मात्रको सानो रकम तिर्नु पर्दछ । अर्थात राज्यले बिद्यार्थीहरुको ८० प्रतिशत शुल्क तिरिदिन्छ ।
इटली
आफ्नो प्राकृतिक सौन्दर्य र फेशनको लागि चर्चित बिश्वको देश इटलीमा पनि शिक्षा नि:शुल्क नै छ । यद्यपि उच्च शिक्षका लागि त्यहाँ थोरै मात्र शुल्क तिरे पुग्दछ ।
यसरी यरोपेली १० देशमा शिक्षालाई उच्च प्राथमिकता दिनुका साथै त्यसर्ला जनताप्रतिको राज्यको दायित्वकोरुपमा लिएर शिक्षालाई उच्च प्राथमिकताकासाथ अनिबार्य गरिएको छ ।
नेपालपत्र संवाददाता